१२ श्रावण २०८१, शनिबार
Logo

शिक्षक सरुवा विरुद्ध संघर्ष समिती गठन, समितीले तारकेश्वर सरकारसंग कानुनी लडाई लड्ने

तारकेश्वर गाउँपालिकामा शिक्षक संघर्ष समिती गठन भएको छ ।
तारकेश्वर गाउँपालिकामा कार्यरत सामुदायिक बिद्यालयका शिक्षकहरुको भेलाले पालिका स्तरीय संघर्ष समिति गठन भएको हो ।
बुधबार गठन गरिएको संघर्ष समितिको अध्यक्षमा राजु कुमार रिमाल रहनु भएको बताइएको छ ।


गाउँपालिकाले शिक्षक सरुवाको नाममा गैरकानुनी र ब्यक्तिगत प्रतिशोध साँध्ने हिसाबमा लागेपछी पालिका भरिका शिक्षकहरु संघर्ष समिती बनाएर एकजुट हुन लागेका छन् । समितिको सल्लाहकारमा दुर्गा प्रसाद वस्ती र माधब अधिकारी रहेको बताइएको छ ।
संघर्ष समितिको नेतृत्वमा गाउँपालिकाले गरेको सरुवा बदर गराउन कानुनी लडाइँ लड्ने तयारी गरिएको समितीका सदस्यहरुले बताएका छन् ।


गाउँपालिकाले केहिदिन अगाडी सरुवा गरिएका शिक्षकहरुको नामावली गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरल सचिवालय नामको फेसबुक एकाउन्ट बाट सार्वजनिक गरिएको थियो ।

पालिका पदाधिकारीहरु, शिक्षक र ब्यावस्थापन समिती शिक्षक सरुवा प्रकृया गैरकानुनी भन्दै खारेज गर्ने अभियानमा लगेपछी गाउँपालिका अध्यक्षले विभिन्न आश्वासन देखाएर बिद्यालय ब्यबस्थापन समिती र पदाधिकारीहरुलाई आश्वासन बाँड्न थालेको एक जनप्रतिनिधीले बताए ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्