तारकेश्वर गाउँपालिकाको शिक्षक सरुवाको निर्णय वडाहरुले कार्यन्वयन नगराउने
![](https://www.jalapanews.com/wp-content/uploads/2023/09/372918220_988008709187038_6327338631855158401_n.jpg)
तारकेश्वर गाउँपालिकाको शिक्षक सरुवाको निर्णयलाई वडाले अस्विकार गरको छ । आफ्ना वडा भित्र रहेका सबै बिद्यालयलाई पालिका शिक्षा शाखाको हालको सरुवा निर्णय नमान्न वडा अध्यक्षहरुले निर्देशन दिएका छन् ।
पालिकाले शिक्षक सरुवा सम्बन्धी गरेको निर्णय ग्रैरकानुनी रहेको जनाउदै कार्यपालिकाको ५० प्रतिशत जनप्रतिनिधीले सरुवामा असहमती जनाए पछि शिक्षक सरुवाको बिषय थप पेचिलो बनेको छ ।
गत साउन २६ गते बसेको गाउँ शिक्षा समितीको निर्णयमा आधारभूत तहको (१ — ५) मा कार्यरतर माथिल्लो योग्यतामा रहेका बिषयगत शिक्षकहरुलाई मात्रै माध्यामिक बिद्यालयमामा सरुवा गर्ने निर्णयमा उल्लेख थियो ।
![](https://www.jalapanews.com/wp-content/uploads/2023/09/371811359_1133554860954304_5944228402549523239_n-576x768.jpg)
साउन ३० गते बसेको कार्यपालिकाको बैठकले शिक्षा समितीको निर्णय अनुमोदन गर्ने निर्णय भएकोमा उक्त निर्णयलाई पालिकाका अध्यक्ष शिव अधिकारीले तोडमोड गर्दै २ सय ६० शिक्षक सरुवाको घोषणा गरे सगै आफूहरु अचम्मित भएको जनप्रतिनिधीहरुले बताए ।
हाल पालिकाले गरेको सरुवा शिक्षा ऐन बिपरित, गाउँ शिक्षा समितीको निर्णय बिपरीत, कार्यपालिकाको निर्णय बिपरित रहेको बताउदै वडा न ३ का अध्यक्ष सुर्यमान श्रेष्ठले यो सरुवा कार्यन्वयनमा नआउने बताउनु भयो । उहाँका अनुसार पालिका भरी कै ३४ वटा बिद्यालयलाई रमाना नदिन र हाजिर नगराउन निर्देशन भएको छ । त्यस्तै वडा नं २,३ ४, र ६ का वडा अध्यक्षहरुले समेत आफ्ना वडामा रहेका बिद्यालयहरुलाई पालिकाबाट आएको चिठी बुझ्न रोक लगाएका छन् ।
![](https://www.jalapanews.com/wp-content/uploads/2023/09/371814253_331960805922032_8717569079067859260_n1-768x432.jpg)
वडा नं २,३ ,४,र ६ का वडा अध्यक्षहरु सहित बिद्यालय ब्याबस्थापन समितीका अध्यक्ष तथा निर्वाचित वडा सदस्यहरुको रोहबरमा वडामा सरुवा भएर आउनेलाई हाजिर नगराउने तथा वडाबाट शिक्षक सरुवा हुन नदिने निर्णय गरेको बताउदै२ सय ६० शिक्षक सरुवाको निर्णय कार्यन्वयन नगराउनु भन्दै पालिका शिक्षा शाखालाई पत्र समेत गरेको ६ नम्बरका वडा अध्यक्ष नारायण रिमालले जालपा न्यूजसंग बताउनु भयो ।
कार्यपालिकाका १४ जना सदस्य मध्ये पालिकाका उपाध्यक्ष हरि प्रसाद रिमाल, वडा नं २ का अध्यक्ष शिव प्रसाद पनेरु, वडा नं ३ का अध्यक्ष सुर्यमान श्रेष्ठ, वडा नं ४ का अध्यक्ष हरि बहादुर पौडेल, वडा नं ६ का अध्यक्ष नारायण रिमाल र कार्यपालिका सदस्य २ जना सहित ७ जनाले शिक्षक सरुवाको निर्णयमा असहमती जनाएका छन् ।
![](https://www.jalapanews.com/wp-content/uploads/2023/09/372272035_790513012872803_2323088239086068196_n-768x346.jpg)
तर गत साउन २६ गते बसेको गाउँ शिक्षा समितीको निर्णयमा आधारभूत तहको (१ — ५) मा कार्यरतर माथिल्लो योग्यतामा रहेका बिषयगत शिक्षकहरुलाई मात्रै माध्यामिक तहमा सरुवा गर्ने निर्णयमा भने सबैको सहमती रहेको छ ।
![](https://www.jalapanews.com/wp-content/uploads/2023/09/375762830_315978747602290_6215688339736042652_n-768x768.jpg)
प्रतिक्रिया दिनुहोस्