४ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

शिक्षक सरुवामा तारकेश्वर कांग्रेसको आपत्ति“गैर कानुनी सरुवा रोकिनु पर्छ“सभापति अर्याल

तारकेश्वर गाउँपालिकाद्वारा हालै गरिएको शिक्षक सरुवाको निर्णयप्रती नेपाली कांग्रेस तारकेश्वरले असहमती सार्वजनिक गरेको छ ।


सोमबार सभापति केशब अर्यालले सामाजिक संजाल फेसबुक मार्फत तारकेश्वर गाउँपालिकाले हालै गरेको सरुवाप्रती असन्तुष्टि जनाउदै लेख्नु भएको छ “शिक्षक सरुवा मात्रै शिक्षा बिकाशको विकल्प होइन“ । उहाँले अन्यायमा परेका शिक्षकहरुको साथमा नेपाली कांग्रेस रहने बताउदै धर्य गर्न आग्रह गर्नु भएको छ ।


सभापति अर्यालले २ सय ६० शिक्षक सरुवा गर्नु पालिका अध्यक्षको दम्भ मात्रै रहेको बताउनु भयो । सभापती अर्यालले यो सरुवाले बिद्यालय,बिद्यार्थी, अभिभावक, शिक्षक सबैलाई हानी गर्ने बताउदै यो निर्णय नसच्चिय कानुनि पाटोबाट न्याय खोजिने बताउनु भयो ।


शिक्षा समितीको निर्णय एउटा र कार्यान्वयनमा अर्कै गरिएको भन्दै उहाँले असन्तुष्टि जनाउनु भएको छ । गाउँपालिका शिक्षा समितिको निर्णयमा आधारभुत तह(१–५) को माथिल्लो तह योग्यता भएका शिक्षकको हकमा मात्रै समायोजन गर्ने भनिएकोमा भर्खर नियुक्ति लिएर पदस्थापनाको ६ महिना भित्रै सरुवा गरेकोमा आपत्ती जनाउनु भएको छ । शिक्षा नियमावली बिपरितको काम रोकिनु पर्ने सभापति अर्यालले बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्