१२ श्रावण २०८१, शनिबार
Logo

तारकेश्वरका- प्राबिधीक शिक्षा अध्ययन गर्नेहरुलाई छात्रबृत्ति

नुवाकोटको तारकेश्वर गाउँपालिकाले प्राबिधिक बिषय अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । तारकेश्वर गाउपालिले उपाध्यक्षसँग छात्रवृत्ति कार्यक्रम अन्तरगतको बजेट विद्यार्थीहरुलाई प्रदान गरेको हो।


आइतबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिका उपाध्यक्ष हरि प्रसाद रिमालले ८० जना भन्दा धेरै प्राबिधिक शिक्षा पढ्ने बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नु भएको हो । जिल्लामा रहेको शिलादेबी प्राबिधिक बिद्यालय र पोस्ट बहादुर बहुप्राबिधिक शिक्षालयमा अध्ययनरत बिद्यार्थीलाई सम्बन्धित शैक्षिक संस्थामै पुगेर चेक हस्तान्तरण गर्नु भएको छ । त्यस्तै नुवाकोट बाहिर बसेर अध्ययन गरिरहेका बिद्यार्थीहरुको हकमा भने अभिभावकहरुलाई छात्रवृत्तिको चेक प्रदान गरिएको उपाध्यक्ष हरि प्रसाद रिमालले बताउनु भयो ।


नुवाकोट तारकेश्वर स्थायी घर भएका र जिल्ला भित्र प्राबिधिक शिक्षा अध्ययन गरिरहेका वा जिल्ला बाहिर अध्ययन गरिरहेका ८० जनालाई छात्रवृत्ति प्रदान गरिएको छ ।


प्राबिधिक शिक्षा आजको आबश्यकता रहेको र पछिल्लो समय शैद्दान्तिक शिक्षा भन्दा ब्याबहारिक शिक्षाको खाचो औंल्याउदै उपाध्यक्ष रिमालले प्राबिधिक शिक्षामा पालिका भित्रका नागरिकहरुको आकर्षण बढाउन छात्रबृत्ति प्रदान गरेको बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्