१२ श्रावण २०८१, शनिबार
Logo

छैठौं शिर्जनसिल कप फुटबलको प्रतियोगिताको उपाधी सेलडाँडा युवा क्लबको हातमा

सेलडाँडा युवा क्लबले छैठौं शिर्जनसिल कप फुटबलको प्रतियोगिताको उपाधी जितेको छ ।

सिर्जनसिल समाज सुधार युवा क्लब तारकेश्वरको आयोजनामा भएको प्रतियोगितामा लर्केप युनाइटेड युवा क्लबलाई फाइनलमा दुई गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । प्रतियोगिताको फाइनल खेलमा सेलडाँडाले २ गोल गरेको थियो उपविजेता लर्केप युनाइटेड युवा क्लबले गोल गर्न सकेन ।


त्यसैगरी महिला तर्फ योङ गर्ल्स युवा क्लबले जितेको छ । फाइनलमा पिपलटार युवा क्लबलाई १ गोल अन्तरले हराएर उपाधी जितेको हो । बैशाख १ गतेदेखी संचालन भएको फुटबल प्रतियोगितामा महिला र पुरुष गरि कुल ३७ टिम दर्ता भएकोमा पुरुष २७ र महिला ४ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा बिजेता टिम सेलडाँडा युवा क्लबले ३० हजार ३३३ र उपविजेता लर्केप युनाइटेडले १५ हजार ३३३ रुपैया हात पारेका छन । आयोजक सिर्जनसिल युवा क्लबका अध्यक्ष रोनिस तामाङ लोप्चनले प्रतियोगिता सप्पन्न गर्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिँदै अगामी बर्ष अझै उत्कृष्ट रुपमा प्रतियोगिता गरिने बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्