२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

श्रीकृष्ण माबिको बोलपत्रमा तोकिएको रकम भन्दा घटेर प्रस्ताव गर्न नपाइने अनौठो निर्णय

सार्बजनिक सम्पतिको दुरुपयोग तथा भ्रष्टाचारजन्य क्रियाकलाप जुनसुकै स्थानमा हुने कुरो नौलो हुन छाडेको छ ।

सरकारी तथा गैरसरकारी संस्थाहरुमा नेतृत्व प्रदान गर्ने नेतृत्वहरुले अतिरिक्त आम्दानी गर्न अनेक जुक्ती लगाएको पाइन्छ त्यसै मध्यको तारकेश्वर २ तारुका स्थित श्रीकृष्ण माध्यमिक बिद्यालयले प्रकाशन गरेको बोलपत्र सम्बन्धि सूचनालाई हेरे पुग्छ ।

कहिले जनप्रतिनिधि र प्रशासकिय अधिकृत बिच झगडा त कहिले सामान खरिद गर्दा अनियमितता भएको भन्दै जनस्तरबाट आशंका हुँदै आएको छ । यस्तै आशंकालाई बल पुग्नेगरी तारकेश्वर गाउँपालिका वडा नम्बर २ स्थित श्रीकृष्ण माध्यमिक बिद्यालयको आइसिटी ल्याब खरिदको बोलपत्र आह्वान सम्बन्धि निर्णयमा देखिएको छ ।

२०७९ फागुन १९ गतेको विद्यालय व्यवस्थापन समितिको बैठकले निर्णय गरेर फागुन २६ गतेको मितिमा बोलपत्र आह्वान गरेको थियो । बिद्यालयले प्रकाशन गरेको प्रस्ताब पत्रमा न्युनतम नहुनेगरी ६ लाख ५० हजार बराबरको प्रस्ताव गरेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

सूचनामा जति रकम खुलाएर आह्वान गरिएको छ त्यो भन्दा घटेर प्रस्ताव गर्न नपाइने अनौठो निर्णय गरेको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयलाई ६ लाख ५० हजारका दरले नुवाकोट जिल्लामा आइसिटी ल्याब निर्माणका लागि २६ वटा बिद्यालय छनोट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्