ककनी गाउँपालिकामा निशुल्क आँखा शिविर सम्पन्न

ककनी गाउँपालिकामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
ककनी गाउँपालिकाको र नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र काठमाडौको संयुक्त आयोजनामा निशुल्क आँखा जाँच तथा शल्यक्रिया सम्पन्न भएको हो ।

उक्त शिविरमा ककनी गाउँपालिका वडा नम्बर २,३,४ र ८ नम्बर वडाका करिब ५ सय ५० आँखाका बिरामीको आँखा परिक्षण गरिएको ककनी गाउँपालिकाले जानकारी दिएको छ । शिविरमा छानिएका ४६ जना मोतियाबिन्दु भएका आँखाका बिरामीहरुकोे शल्यक्रिया गरेको गाउँपालिकाले बताएको छ ।

ककनी गाँउपालिकाको अनुसार माघ २५ गते देखि २९ गते सम्म आँखा परिक्षण तथा उपचार र फागुन १ र २ गते ककनी प्राथमिक स्वास्थ चौकी रानिपौवामा शल्यक्रिया गरिएका छ ।
प्रतिक्रिया दिनुहोस्