२५ माघ २०७९, बुधबार
Logo
final gp koirala advert

गाउँपालिका स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर १ ए समूहलाइ

तारकेश्वर गाउँपालिका स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर १ ए समूहले जितेको छ ।


तारकेश्वर गाउँपालिका वडा नम्बर १ स्थित जब्बरे चौरमा सम्पन्न भएको प्रतियोगितामा वडा नम्बर ५ बि समुहलाई ५–२ गोल अन्तरले हराउँदै उपाधी जितेको हो । प्रतियोगितामा वडा नम्बर ५ बि समूह द्धित्तिय र वडा नम्बर १ को बि समूहले तृतीय स्थान हासिल गरेको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समुहले ५० हजार, दोश्रो र तेश्रो हुने समुहले क्रमश ३० हजार,२० हजारको पुरस्कार राशी प्राप्त गरेको छन् ।

बिजेता टिमलाई गाउपालिकाका अध्यक्ष शिव अधिकारी अबिरल तथा उपाध्यक्ष हरि प्रसाद रिमालले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।
माघे संक्रान्तिको अबसरमा शिक्षा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगितामा प्रत्येक वडाबाट दुई दुई समूह गरि १२ वटा र पालिकाको कार्यालय टिम सहित १३ वटा समूहले प्रतिस्पर्धा गरेका थिए ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्