जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता क्षेत्रपाल माबिको खेल मैदान चौघडामा हुने
नुवाकोटमा यहि फाल्गुण ५ गते देखि ७ गते सम्म जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लिखु गाउँपालिकाको क्षेत्रपाल माबिको खेल मैदानमा हुने भएको छ ।
राष्ट्रपती रनिङ सिल्ड अन्तर्गत यस अघि भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते र उसु खेल समावेश थियो भने यसपटक देखि ब्याडमिन्टन र टेबलटेनिस खेललाई समेत समावेश गरिएको जिल्ला खेलकुद बिकाश समिती अध्यक्ष सन्तोष राइले बताउनु भयो ।
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन सल्लाहकार समितिले नुवाकोटको १२ वटै पालिकामा पालिका स्तरीय खेलकुद बिकास समिति गठन गर्ने र माघ २५ गते भित्रमा पालिका स्तरमै राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको छ ।
जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सल्लाहकार समितिको संयोजकमा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्र बिक्रम सिंह ठकुरी र सदस्यहरू प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, जिल्ला समन्वय अधिकारी बासुदेब खतिवडा , शिक्षा बिकाश तथा समन्वय इकाई प्रमुख देब कुमार खनाल, जिल्ला प्रहरी प्रमुख रमेश पण्डित, सशस्त्र प्रहरी बल नुवाकोट प्रमुख, जब्बर जंग गणका प्रमुख, जिल्ला खेलकुद बिकाश समिती अध्यक्ष सन्तोष राई र सदस्य सचीवको रूपमा जिल्ला खेलकुद बिकाश समितिका कार्यालय प्रमुख सन्तोषी बैद्य रहनु भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय उप प्रमुख दल बहादुर तामाङ, पन्चकन्या गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङ, तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ,लिखु गाउँ पालिका अध्यक्ष ध्रुब श्रेष्ठ, ककनी गाउँ पालिका अध्यक्ष सुमन पाख्रीन, दुप्चेश्वर गाउँ पालिका अध्यक्ष शंकर थापा, म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ, बेलकोटगढी नगरपालिका कार्यपालिका सदस्य सिताराम बिश्वकर्मा लगाएतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्