६ चैत्र २०८०, मंगलवार
Logo
final gp koirala advert

पुराना अनुहार धेरै दोहोरीए, अब पालो नयाँ पुस्ताकै हो,लौरो उमेद्धार दिपेश ढुंगाना

काठमाडौं । लौरो अभियान अन्तगत नुवाकोट क्षेत्र नम्बर एकको प्रदेश (ख) बाट उमेद्धारी दिएका दिपेश ढुंगानाले पुराना नेताहरुलाई राजनीतिक विकृतीको संज्ञा दिदै उनीहरु विरुद्ध आक्रमक प्रतिक्रीयाहरु बढ्न थालेको बताए ।

उनले विगतको भन्दा यस चुनाव फरक हुने भन्दै पहिलेदेखि अराजकताको पराकाष्टा हटाउँन मंसिर ४ ले निर्धारण गर्ने बताए । त्यस्तै, अब पुरानोले भन्दा पनि नयाँ अनुहारका नेताले भोट पाउँने उनको भनाई छ । सुरुमा स्वतन्त्र भने पनि लौरो अभियानमा सुरु भएको अवस्थामा कागजी रुपमा दल दर्ता गरेर हाम्रो नेपाली पार्टी भनेर आएको बताएका छन् ।

उनले आफूहरुलाई नामले भन्दा कामले फरक पार्ने भएकाले भोलिका दिनमा काम गर्न नै आफूहरु उपस्थित भएको बताए । ठूला प्रतिस्पर्धीलाई पार्टीमा मात्रै सिमित रहेको प्रतिक्रीया दिँदै उनले आफ्ना प्रतिस्पर्धीहरुको नाम चुनावमा मात्रै सुनेको बताए । पछिल्लो पाँच वर्षमा फोहर मैला लगायतका विषयमा ठूला आन्दोलन चर्किदा पुराना नेताहरुले केही पनि नबोलेपछि आफूहरु उठ्न बाध्य रहेको बताए ।

ठूला नेतासँग प्रतिस्पर्धा गरिरहेको उनले यसपाली आफू चमत्कार नै गर्न आएको बताएका छन् । त्यस्तै, आफू जहाँ जादा पनि काठमाडौं र धरानको मेयरसँग आफूलाई जोड्ने गरेको उनले सुनाए । देशमा बौद्धिक जनशक्तीको पलाय चिर्नलाई आफूले उमेद्धारी दिएको उनको भनाई छ । जनताले यसपाली नयाँ अनुहारलाई जिताउनले उनलाई विश्वास छ ।

Shivapuri rural municipality awareness message jalapanews

अब पुराना अनुहार विस्तापित हुँदै जाने उनको अनुमान छ । आफ्नो बुवा हजुरबुबाले एउटै व्यक्तीलाई भोट हालेको भन्दै उनले आक्रोश व्यक्त गर्दै भने, उहाँहरुले जति गर्नु भयो गर्नु भयो अब गठबन्ध भन्नुको कुनै आधार नरहेको र न्यायालय समेत स्वच्छ नरहेको बताए । यही पुस्ताले काम गरेन भने अब देश नै सक्किने उनको बुझाई छ ।

त्यस्तै सबै कुरा मतदाताको हातमा रहेका भन्दै अब मासुभात खुवाउनलेलाई मात्रै मासु खुवाउँने परिपाटी यसपाली चिरीने उनले बताए । आफ्नो ठाउँमा वर्खाको समयमा एम्बुलेन्स जान नसक्ने भन्दै आफ्नो ठाउँ बत्ति मुनिको अध्यारो रहेको उनले तर्क गरे । १२ पटक अर्थमन्त्री पाएको नुवाकोट जिल्लामा विकास नभई पछाडी पर्नु दुखदायी रहेको बताए । त्यस्तै बजेट विनियोजन भए पनि नातावादमा उक्त बजेट सक्किएको उनको गुनासो छ ।

उनले पर्यटन, आधुनिक कृषि प्रणालीमा सुधार गर्न नुवाकोटमा सम्भावना रहेको बताए । चौरेको मुला, स्टोभेरी, ट्राउट माछामा रहका सम्भावनालाई एउटा आकार दिनुपर्ने उनको बुझाई छ । केही सिमित दलको राजनिती स्वार्थको कारणले अहिले हजारौ नागरिकहरु दुगन्र्धमा बस्न बाध्य बनाएको बताए । उनले जनताको समस्यामा खेल्ने भन्दा पनि वैज्ञानिक ढंगको समाधान आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्