बेलकोटगढीमा नगरपालिका स्तरीय १ हजार १ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नुवाकोट,आगामी मंसिर ४ गतेको संघ र प्रदेश सभा निर्वाचनकको निमित्त संघीय निर्वाचन नुवाकोट क्षेत्र नम्बर २ अन्तर्गत बेलकोटगढी नगरपालिकामा बामलोकतन्त्रीक गठबन्धनले निर्वाचन तयारी कार्यक्रमलाई तिब्रता दिएको छ ।
सोमबारको भेलाले नगरपालिका स्तरीय १ हजार १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको माओवादी नेता नबिन पुडाशैनीले बताउनु भयो ।
बेलकोटगढी नगरपालिका वाम– लोकतान्त्रिक गठबन्धनको बैठकले वडाहरूको भेला तथा कार्यक्रमको समय तालिका अनुसार प्रतिनिधिहरूको चयन गरिएको गठबन्धनले जनाएको छ ।
माओवादी नेता नबिन पुडाशैनीका अनुसार असोज २ गते वडा नम्बर १,२,३,४ मा भेला गरिनेछ । वडा नं १ का लागी काँग्रेसको तर्फबाट प्रतिनिधिको रुपमा इन्द्र लामा र एसके नेपाल, नेकपा (माओवादी केन्द्र) को तर्फबाट गोकर्ण न्यौपाने र कविता ढुङ्गाना प्रतिनिधी रहेका छन् ।
वडा नम्बर २ मा काँग्रेसको तर्फबाट लेखनाथ मुडवरि र सन्तोष तिमल्सिना, नेकपा (माओवादी केन्द्र) को तर्फबाट शिव पौडेल र पूर्णप्रसाद पुडासैनी प्रतिनिधी रहेको नेता पुडाशैनीले बताउनु भयो ।
नेता पुडाशैनीको अनुसार वडा नम्बर ३ मा काँग्रेसका बिष्णुराज नेपाल र उत्तम लामा सागर, नेकपा (माओवादी केन्द्र) बाट नवीन पुडासैनी र बेदनिधि मुडवरी , वडा नम्बर ४ मा नेपाली काङ्ग्रेसका जयराम दाहाल र दुर्गा पुडासैनी, नेकपा (माओवादी केन्द्र)का नारायण नेपाल र मनराज गुरुङलाई कार्य सम्पादनको जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी असोज ३ गते वडा नम्बर ५ देखि ८ सम्मको कार्यक्रम राखिएको गठबन्धनले बताएको छ ।
वडा नम्बर ५ मा काँग्रेसका नारायण प्रसाद नेपाल र उतम लामा, नेकपा (माओवादी केन्द्र)का सुभद्रा नेपाल र मनराज गुरुङ, वडा नम्बर ६ मा नेपाली काङ्ग्रेसका बद्री मुडवरी र कृष्ण पुडासैनी, नेकपा (माओवादी केन्द्र) का नारायण नेपाल र कविता ढुङ्गाना प्रतिनिधी रहेका छन् ।
वडा नम्बर ७ मा काँग्रेसका कृष्णा पाण्डे र दुर्गा लोहनी नेकपा (माओवादी केन्द्र)का शिव पौडेल र पूर्ण पुडासैनी, वडा नम्बर ८ मा नेपाली काँग्रेसका श्याम ढुङ्गाना र दुर्लभ तामाङ, नेकपा (माओवादी केन्द्र) का नवीन पुडासैनी र बेदनिधी मुडवरी रहेको बताइएको छ ।
त्यसैगरी असोज ४ गते वडा नम्बर ९ देखि १३ सम्म भेला राखेको छ जसमा काँग्रेसका हिरा पाण्डे र उत्तम लामा, नेकपा (माओवादी केन्द्र) का नवीन पुडासैनी र बेदनिधि मुडवरी, वडा नम्बर १० मा काँग्रेसका दिपक लामा र पवित्रा पुडासैनी, नेकपा (माओवादी केन्द्र) का गोर्कण न्यौपाने र कविता ढुङ्गाना, वडा नम्बर ११ मा काँग्रेसका लेखनाथ मुडवरी र रुपेश पुडासैनी,नेकपा (माओवादी केन्द्र)का शिव पौडेल र मनराज गुरुङ प्रतिनिधी रहेको बताइएको छ ।
वडा नम्बर १२ मा काँग्रेसका अर्जुन तामाङ र पूर्ण गजुरेल, नेकपा (माओवादी केन्द्र)का मनराज गुरुङ र नारायण नेपाल, वडा नम्बर १३ मा काँग्रेसका बैकुण्ठ पाण्डे र प्रेम लामिछाने तथा नेकपा (माओवादी केन्द्र)का नवीन पुडासैनी र बेदनिधी मुडवरीले भेला सम्पन्नको जिम्मेवारी पाएको बाम लोकतान्त्रिक गठबन्धन बेलकोटगढीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्