दोस्रो खुल्ला फुटसल प्रतियोगिता विजेतालाई ५० हजार नगद पुरस्कार

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित गाम्चा फुटबल क्लबको आयोजनामा काठमाडौँको बूढानीलकण्ठमा दोस्रो खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ ।
कात्तिक ०६ र ०७ गते दुई दिन हुने फुटसल प्रतियोगितामा काठमाडौँ उपत्यका सहित अन्य जिल्लाका क्लबहरू सहभागी हुन पाउने छन् ।
प्रतियोगिताको लागि सहभागी हुन आश्विन २१ गते देखि दर्ता प्रक्रिया पनि सुरु भइसकेको छ । प्रतियोगिताको दर्ता समय यही कात्तिक ०३ गतेसम्म रहने छ । दर्ताका लागि पाँच हजार शुल्क लाग्ने प्रतियोगिताका संयोजक रामचन्द्र श्रेष्ठले बताउनुभएको छ ।
विजेता टिमलाई ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक श्रेष्ठले बताएका छन् । त्यस्तै, रनरअप टिमले २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित भद्रकाली फुटसल एण्ड रि–क्रियशन सेन्टर गाम्चामा हुने प्रतियोगिता गाम्चा फुटबल क्लबद्वारा आयोजना गरिने फुटसलको दोस्रो संस्करण हो ।
प्रतिक्रिया दिनुहोस्