२३ मंसिर २०७९, शुक्रबार
Logo
final gp koirala advert

राष्ट्रिय संगितकर्मी संघ दुप्चेश्वर ३ को अध्यक्षमा डिल्ली बहादुर मोक्तान

राष्ट्रिय संगितकर्मी संघले दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ मा वडा भेला सम्पन्न गरेको छ ।


राष्ट्रिय संगितकर्मी संघका दुप्चेश्वर अध्यक्ष जय बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको भेलाले डिल्ली बहादुर मोक्तानको नेतृत्वमा ११ सदस्यीय कार्य समिती चयन गरेको छ ।
संघको सचीवमा रेखा थापा, कोषाध्यक्ष इन्द्र बहादुर तामाङ, सदस्यहरू सोम बहादुर तामाङ, बिक्रम मोक्तान, दिया थापा, रोशन थापा, समीप केसि र निशान तिमल्सिना चयन हुनुभएको छ ।


त्यसैगरी संघले असोज १३ गते वडा नम्बर २ को गाउँखर्क र असोज १४ गते वडा नम्बर ६ को समुन्द्रटारमा वडा स्तरीय भेला गर्ने बताएको छ ।
राउतबेसी हेल्थ पोस्टका इन्चार्ज मच्छिन्द्र केसिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिहरु संघका जिल्ला सचीव करण तामाङ र जिल्ला सल्लाहकार बिकि लामा लो रहनु भएको संघका अध्यक्ष तामाङले बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्