१२ श्रावण २०८१, शनिबार
Logo

पोस्ट बहादुर बोगटी बहुप्राबिधिक शिक्षालयमा ६० हजारमा ३ बर्षे होटेल म्यानेजमेन्ट, बाली बिज्ञान र पशु बिज्ञान पढ्न पाइने

नुवाकोटको बिदुरमा संचालनमा रहेको प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद ( CTEVT) को आङ्गिक शिक्षालय पोस्ट बहादुर बोगटी बहुप्राबिधिक शिक्षालयमा नयाँ शैक्षिक सत्र २०७९÷८० देखि भर्ना हुने बिद्यार्थीहरुले ६० हजारमा ३ वर्ष पढ्न पाउने भएका छन् ।


बिदुर नगरपालिका वडा नम्बर १ बान्द्रेमा संचालन भैरहेको प्राबिधिक शिक्षालय पोस्ट बहादुर बहुप्राबिधिक शिक्षालयमा प्राबिधिक बिषयहरु होटेल म्यानेजमेन्ट, बाली बिज्ञान र पशु बिज्ञान विषयका पढाइ भैरहेको छ ।
रसुवा, नुवाकोट र धादिङ जिल्लालाई केन्द्रित गरेर संचालनमा आएको शिक्षालयका कारण यहाँका विद्यार्थीहरु लाभान्वित भएको शिक्षालयले जनाएको छ ।
यस भन्दा अगाडी तिन बर्षको ८५ हजार तिर्नु पर्नेमा यस शैक्षिक सत्र देखि ६० हजार रुपैयाँमा पढ्न पाइने शिक्षालय प्रमुख कपिल पाण्डे जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्