१२ श्रावण २०८१, शनिबार
Logo

तुप्चेमा असार १६ गते १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सब मनाइदै

बिदुर नगरपालिका वडा न ७ तुप्चेमा असार १६ गते १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सब मनाइने भएको छ ।
बिदुर नगरपालिका वडा नम्बर ७ मा बिगतका बर्षहरुमा जस्तै बर्ष पनि पनिे धान दिवस मनाइन लागिएको हो ।


धान बालिमा विविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग भन्ने नाराका साथ मनाउन लागिएको आयोजकले बताएको छ ।
जनजागृत युवा क्लब, साबिम कृषि सहकारी, कृषि ज्ञान केन्द्र नुवाकोट, बिदुर नगरपालिका वडा नं ७ को कार्यालय, वडा स्थित विभिन्न क्लबहरु, विभिन्न महिला समुहहरुको संयुक्त आयोजनामा १९ औँ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो ।


परम्परागत संस्कृतिको जगेर्ना धान उत्पादनमा जोड कृषिमा युवा परिचालन सामाजिक सचेतता तथा सहजीकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्