६ चैत्र २०८०, मंगलवार
Logo
final gp koirala advert

गजल सन्ध्यापोखराको अध्यक्षमा वसन्तविनोद


गजल सन्ध्यापोखराको अध्यक्षमा वसन्तविनोद निर्विरोध चयनभएका छन् । सन्ध्याको शनिबार पोखरामा सम्पन्न १२ औँ अधिवेशनबाट वसन्तको नेतृत्वमा ९ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको हो ।


समितिका उपाध्यक्षमा सुरज उपाध्याय, सचिवमा त्रुपक, कोषाध्यक्षमा महेश्वर बस्ताकोटी र सहसचिवमा मैया सुवेदी चयन भएकी छिन् । यस्तै सदस्यहरूमा सिर्जना ढकाल, विष्णु सुवेदी, विकास गौतम ‘अर्चुल’ र माधव खतिवडा चयन भएका छन् ।
संस्थापक अध्यक्ष दीलिप दोषीको संयोजकत्वमा पूर्व अध्यक्षद्वय रुपीन्द्र प्रभावी र उदिपराज ढुङ्गाना सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत कार्यसमिति घोषणा गरेको थियो । अधिवेशनको बन्दसत्रमा सचिव त्रुपक र कोषाध्यक्ष महेश्वर बस्ताकोटीले पेस गरेका प्रतिवेदन पारित भएको थियो ।


वि. सं. २०५९ मा स्थापितभई गजलको उत्थान ः हाम्रो अभियानभन्ने मूल नारा सहित क्रियाशील सन्ध्यामा यसअघि दीलिप दोषी, दीपक समीप, रुपीन्द्र प्रभावी, कपिल शर्मा, मन क्षेत्री, उदिपराज ढुङ्गाना, बिर्सना बस्नेत, अमृत सुवेदी र मोहन भण्डारीले नेतृत्व गरेका थिए ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्