१२ श्रावण २०८१, शनिबार
Logo

मैले टिकट किन नपाउने ?

– रुद्र ढुंगेल,

मएनजीओ चलाउछु
सबैलाइ गलाउछु ।
मैले डोजर किनेको छु
सबैलाइचिनेको छु ।
सबै ठेक्काम नै हाल्छस
सबैलाइमै त पाल्छु ।
पैले पनि उठेकै हँु
जनमत लुटेकैहु‘ ।
हारको होस् या जितको ,
म संग त अनुभब छ
तिमि फुस्रेसंग के छ ?

म सबै दलाल चिन्छु,
सबलाइ औलामा गिन्छु ।
आफ्ना हनुमान पाल्नको लागि
अर्कै कदम चाल्नको लागि
कुनै आइतबार कुर्नैपर्दैन
कुनै साइत जुर्नै पर्दैन ।
क्षण भरमैं पार्टी छोड्न सक्छु
अन्तै घांटी जोड्न सक्छु ।

त्यसैले बुझे हुन्छ
पार्टी भनेकै म हु
म पार्टीको हु‘वा न हु‘ ।
त्यसैले जान्न कसैको मलामी
जान्या छु पर्नेको गर्नगुलामी ।
कामै होतिम्रो घर घर धाउने
मैले नपाए टिकट कस्ले पाउने ?

Shivapuri rural municipality awareness message jalapanews

सक्छौ मलाइ समर्थन गर
नभएअरुको कुरैनगर ।
मनभए पार्टी के ?
पार्टीनभएमलाइ के ?
कस्को ऑंट छ औला उठाउन
अनि, मैले नपाए टिकट कस्ले पाउने ?

मलाइकमिसनको दर थाहा छ
सबैको नाम, थर थाहा छ ,
मलाइ बिरोधीको घर घरथाहा छ ।

मलाइ काधमा बोक्नको लागि
बिरोधिको टाउको ठोक्नको लागि,
हनुमानको डफ्फा कसरी पाल्ने ?
नोटका बिटा कहॉबाट हाल्ने ?

तिमिलाइथाहा नै छैन
मेरो कस्तो दाउ छ ।
बजारमा कस्तोभाउ छ ।
गमेर कुरा सुन्यौ भने
मनमनै कुरा गुन्यौ भने
बुज्छौ योजना सर्बत्र छाउने,
अनि ,
मैले टिकट किननपाउने ?

– रुद्र ढुंगेल,वेलकोटगढी,नुवाकोट

प्रतिक्रिया दिनुहोस्