तारकेश्वर ६ मा नेकपा एमालेको तर्फबाट जिल्ला कमिटी सदस्य रामशरण रिमालको अध्यक्षमा दावी
तारकेश्वर गाउँपालिका वडा नं ६ मा नेकपा एमालेको तर्फबाट जिल्ला कमिटी सदस्य रामशरण रिमालले अध्यक्षमा दावी रहेको बताएका छन् । लामो समय सम्म नेकपा एमालेको बिभिन्न कमिटीमा रहेर जिम्म्ेवारी पुरा गरेका रिमालले आफुले पार्टीलाई आफ्नो महत्वपुर्ण २० बर्ष दिएको बताएका छन् ।
नेता रिमालका अनुसार २०५८ सालमा अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको प्रारम्भिक कमिटीको अध्यक्ष पदमा रहेर काम गरेका थिए । २०६१ मा त्रिभुवन त्रिशुली क्याम्पस कमिटीको सदस्य रहेका रिमाल २०६२ मा तत्कालिन अनेरास्ववियु क्षेत्र नम्बर ३ को क्षेत्रिय कमिटीको अध्यक्षको जिम्मेवारी बहन गरेका थिए । २०६३ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्य, २०६६ मा अनेरास्वबियु जिल्ला सम्मेलन आयोजक कमिटीको सहसंयोजकको जिम्मवारी पाएका थिए ।
त्यसैगरी २०६७ मा अनेरास्ववियु पाश्चिम बागमती सहसम्योजक , २०६८ मा नेकपा एमाले तत्कालिन खड्काभञ्ज्याङ गाउँ कमिटी सदस्य तथा आर्थिक बिभाग प्रमुख थिए । २०७० मा कार्यबाहक सचीव , २०७१ मा खड्काभञ्ज्याङ गाउँ कमिटी सचिवको जिम्मेवारी सम्हालेका रिमाल २०७३ मा तारकेश्वर गाउँ पालिका पार्टी सचीव समेत थिए ।
रिमालले आफू नेकपा एमाले तारकेश्वर ६ को बलियो उमेदवार रहेको बताउदै ५ दलिय गठबन्धनसंग एक्लै जुध्न तयार रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्