१२ श्रावण २०८१, शनिबार
Logo

नेकपा (माओवादी केन्द्र ) नुवाकोटले क्रमश उमेदवारको टुंगो लगाउन थाल्यो

सरकारले घोषणा गरेको स्थानीय निर्वाचनको मिति नजिकिए सँगै गाउँ नगरको माहोल गर्माएको छ । नेकपा (माओवादी केन्द्र )का नेता–कार्यकर्ताहरू चुनावकेन्द्रित भएर गाउँ–नगर पुगेका छन् । भने उमेदवार बन्ने आकांक्षिहरुले भोट समेत माग्न थालिसकेका छन् ।


नेकपा (माओवादी केन्द्र ) नुवाकोटले क्रमश उमेदवारको टुंगो लगाउन थालेको छ ।
बिदुर नगरपालीका वडां ७ तुप्चेमा आज बसेको बैठकले वडा नं ७ को अध्यक्षको उमेदवारमा सर्वसम्मत रुपमा बिष्णु बहादुर बोगटीको नाम सिफारिस गरेको छ ।

त्यस्तै लिखु गाउँपालिका वडा नं ६ मा समाजसेवीको उच्च छवि स्थापित गर्न सफल युवा सुमन भण्डारीको नाम अध्यक्षको उमेदवारीमा सिफारिस भएको छ ।
त्यस्तै बेलकोटगढी नगरपालीका वडा नं ४ मा चन्द्र बहादुर लामाको नाम सिफरिस भएको नेकपा माओवादी केन्द्र नुवाकोटले जानकारी दिएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्