नेकपा एमालेका केन्द्रिय उपमहासचिव रिमालसहित दर्जनौ सम्मानित
नेकपा एमाले बिदुर नगर कमिटीले नुवाकोटको भूगोलबाट पार्टीको केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीमा जिम्मेवारी पाउने नेता तथा कार्यकर्ताहरुलाई आज सम्मान गरेको छ ।
एमालेका केन्द्रीय उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रीय कमिटी सदस्य विन्दा ढुंगाना, केन्द्रिय सदस्य उषाकिरण तिमिल्सिना र बागमती प्रदेश कमिटी सदस्य केशवराज पाण्डे लगाएतका नेताहरु सम्मानित भएका छन् ।
त्यस्तै आज सम्मानित हुनेमा विदुर नगरको भूगोलबाट प्रतिनिधित्व गर्ने जिल्ला पदाधिकारीहरु, सचिवालय सदस्य र जनसंगठन केन्द्रीय पधाधिकारीहरु रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्