१२ श्रावण २०८१, शनिबार
Logo

लिखु माओवादी चुनावी प्रचारमा केन्द्रित, नजिता आफ्नो पक्षमा आउनेमा ढुक्क

नेपाल कम्युनिस्ट पार्टी (माओबदी केन्द्र) लिखु गाउँपालिका कमिटिले निर्वाचन केन्द्रीत कार्यक्रमलाई तिब्रता दिएको छ ।

लिखु गाउँपालीकाका सबै नेता तथा कार्यकर्ता निर्वाचनको नतिजा आफ्नो पार्टीको पक्षमा पार्न एक भएर लागेको नेता भिम ढकालले बताए ।


लिखु गाउँपालिका पार्टी कमिटीको कमान्ड स्तरीय बैठक, टोल कमिटीको गठनका साथै पहिलो चरणको घर दैलो कार्यक्रम सप्पन्न गरि दोश्रो चरणको कार्यक्रम सुरु गर्न लागेको छ । साबिक खानिगाउँ, सुर्यमती, चौघडा र थानसिङ गाउँ बिकास समितिको भूगोल मिलाएर लिखु गाउँपालिका बनाइएको थियो ।


तत्कालीन समयमा लिखु गाउँपालिका प्राप्त गर्न चर्को आन्दोलन गर्नु परेको थियो र त्यो आन्दोलनको नेतृत्व धर्म अधिकारिले गरेका थिए । उनै अधिकारी माओवादी केन्द्रको लिखु कमान्डर तोकिएका छन ।
जनयुद्धमा लिखु गाउँपालिकाको भुगोलबाट १२ जना सहिद र एकजना बेपत्ता भएका थिए । तत्कालिन आन्दोलनमा बद्री प्रसाद ढकाल (गाउँले) नवराज अधिकारी (हरि) प्रकाश न्यौपाने (श्रवण ) वीर बहादुर आले मगर (राम) चन्चला आले मगर(चेतना) राम बाबू अधिकारी, गोरे बहादुर श्रेष्ठ,राज कुमार श्रेष्ठ (निरव) राजाराम भन्डारी (बासु) शेर बहादुर भन्डारी (कुबेर) नबराज अधिकारी (विकल्प)ले साहदत पाप्त गरेको लिखु कमिटी अध्यक्ष भिम ढकालले बताए । तत्कालीन राज्यबाट बेपत्ता रामचन्द्र भन्डारी बेपत्ता भएका थिए ।

Shivapuri rural municipality awareness message jalapanews


माओवादी आन्दोलनको जगमा बनेको बनको स्थानिय सरकारले ५ बर्षमा नागरिकहरुले अनुभुत गर्न सक्ने कुनै काम गर्न नसकेको नेकपा माओवादी केन्द्र लिखुको आरोप छ ।
स्थानीय सरकारले ५ बर्षको अबधिमा देखिने कुनै काम गर्न नसकेको र सम्बृद्ध लिखु बनाउन अबको निर्वाचन मार्फत माओबादि केन्द्रले मात्र नेतृत्व गर्न सक्ने लिखु कमिटी अध्यक्ष भिम ढकालले बताए ।


धर्म प्रसाद अधिकारी, गणेश अधिकारी, रेखा भन्डारी, रामकृष्ण श्रेष्ठ, महेन्द्र ड्ङ्गोल, भिम प्रसाद ढकाल, धन बहादुर मिजार, विवेक ढकाल, कृष्ण बहादुर राइ , पार्बती उप्रेती, लक्ष्मि देबि श्रेष्ठ, कल्पना अधिकारी, सरस्वती अधिकारी, कल्पना अधिकारी, रिता अधिकारी लगाएतका नेताहरु जस्को निती उसैले नेत्रृत्व गर्ने समय आएको बताउदै लिखुमा निर्वाचनको नजिता नेपाल कम्युनिस्ट पार्टी (माओबदी केन्द्र) का पोल्टामा पार्न लागी परेको छन् ।

प्रतिक्रिया दिनुहोस्