१५ आश्विन २०८०, सोमबार
Logo
final gp koirala advert

जब मस्तिष्कमा सपनाको कंकाल भेटिन्छ

जब मस्तिष्कमा सपनाको कंकाल भेटिन्छ
तब आखामा आंसुको पोखरी ताल भेटिन्छ ।।

केही गर्छु भनी गन्तव्य तय गर्नु पर्छ नी
सफरमा अबस्य दुस्मनहरुको पर्खाल भेटिन्छ ।।

यहाँ चिन्न कठिन त मनका धनी मान्छे हुने हो
रुपले भरिपूर्ण मान्छे त मालामाल भेटिन्छ ।।

पैसा नभयको बेला छोरिले नयाँ लुगा मगाइ
ढाटे यो साल पाइन्न नयाँ अर्को साल भेटिन्छ ।।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्