१२ श्रावण २०८१, शनिबार
Logo

सति ले सरापेको देश।

काजी खान,

फलैचामा लडेका,
बुढाथोकी बा को,
लहरे खोकी झैँ
सन्चै नहुने ।
हुक्काको ट्वार ट्वार झैं
बन्दै नहुने ।

लम्पसार परि बसेको
अर्धमृत क्यान्सर
प्यासेन्ट जस्तो
बनाइएको देश को
म नागरिक ।

हिजो, श्री ५
राजाका छोराहरुलाई
फ्याक्ने नि हामी ।

Shivapuri rural municipality awareness message jalapanews

अस्ति , श्री ३
राणाका
शासन च्यात्ने नि
हामिनै ।

फरक यत्ति
राणा च्याद्दा,
हामी जनता थियौं ।
राजा फ्याक्दा
सिर्फ
कार्यकर्ता ।।।।

आज,
देश शेष हुन मात्र बाकी,
खोच्च्याइ हिडिराछ
आड नभर,

यहाँ हर दिन
बेचिन्छ्न चेली
लिलाम हुन्छन इज्जत
केही खाटमा

केही गाठ्मा,

युबा पनि नि त बेचिइराछन,
४७ डीग्री को समथल पहाड्मा ।

कारण ःयी श्री ६ हरु ।

मुडामा लडाएर घोची घोची
पोल्ने बेला भएका हरुलाई
हामी नै, लाजै नमानि
मुडा माथी बसेर
थपडि पिटि पिटि
सपोर्ट गर्छौं ।
घडा तेर्स्याएर स्वागत
अनि फूल्को मालाले
सत्कार ।

कि हामी अन्धा
या अन्धभक्त ।
क्यार्नु तनि,
नखाउ भनी दिन भरी को शिकार ,
र हामी आशे,
तपाई भाषे,
खाउ त कशोरी ?
कान्छा बाउ को अनुवार ।

अनि केलाई भनेउ त
प्रजातन्त्र,
लोकतन्त्र ,
गणतन्त्र

संघीयता ?

प्रतिक्रिया दिनुहोस्