१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोट कृषी सहकारी संघ लिमिटेडको अध्यक्षमा शिव प्रसाद रिमाल

नुवाकोट कृषी सहकारी संघ लिमिटेडको पाँचौ अधिवेसन सनिबार विदुरमा सम्पन्न भएको छ ।


अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको छ । अध्यक्षमा शिव प्रसाद रिमाल, उपाध्यक्षमा कौशिला रिमाल , सचिवमा गोपाल रिजाल, सहसचिवमा मन्जु घिमिरे र कोषाध्यक्षमा नमराज न्यौपाने चयन हुनु भएको छ ।
त्यसै गरी कार्यसमिति सदस्यहरुमा गायत्रि प्याकुरेल, मधु नेपाल छन । लेखा सुपरिबेक्षण समिती संयोजकमा सिताराम रिमाल, सदस्यहरुमा सिता साही र ज्ञानु तामाङ रहेका छन् ।


अधिबेशन कार्यक्रममा जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपाने , सचिव प्रकाश अधिकारी, केन्द्रिय कृषी सकहारी संघ लेखा समिती सदस्य पबित्रा घिमिरे लगाएतले आफ्नो धारणा राख्नु भएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्