२१ मंसिर २०८१, शुक्रबार
Logo

“आसन्न निर्वाचनमा अध्यक्षमा मेरो दावी रहन्छ” -उपाध्यक्ष मञ्जु केसी शिवपुरी गाउपालीका

शिवपुरी गाउपालीकाको उपाध्यक्ष मंजु केसीले आउदो निर्वाचनमा अध्यक्ष पदको लागी दावी गर्ने बताउनु भएको छ । एक कार्यकाल उपाध्यक्ष पदमा रहेर कार्य सम्पादन गरि सकेको बताउदै उपाध्यक्ष केसी अबको कार्यकाल आफु अध्यक्षको लागी योग्य रहेको बताउनु भएको छ ।


उपाध्यक्षको पदमा रहेर आफ्नो क्षमताले भ्याए सम्मको कार्य सम्पादन गर्न सफल रहेको बताउदै उहाले आफु अध्यक्ष पदको लागी योग्य बनेको बताउनु भएको छ । निती नियम र संबिधान अनुसारका धेरै बिषयमा आफु निपुर्ण रहेको उहाको भनाई छ ।


उपाध्यक्ष केसीले पार्टीले अब उपाध्यक्षहरुमा रहेको क्षमताको बिश्लेषण गरेर जिम्मेवारी दिने समय आएको बताउनु भयो ।
उपाध्यक्ष केसीले भन्नुभयो “म उपाध्यक्षमा दोहोर्याँउदिन ,म एउटै ब्यक्ती १० बर्ष सम्मको लागी एउटै पदमा रहनु हुन्न , अब महिलाहरुलाई पनि पार्टीले बिश्वास गर्नु पर्छ ।”
पार्टीले बिश्वास गरेर जिम्मेवारी दिएमा आफु निर्बिकल्प अध्यक्षमा निर्वाचित हुने उहाँको दावी छ ।
नेपालको संबिधानले स्थानिय तहकोे प्रमुख वा उपप्रमुखमध्ये कुनै एक पदमा महिला अनिवार्य हुनुपर्छ भनेको छ । स्थानीय तहको नेतृत्वमा महिलाको पहुँच सुनिश्चित गर्न संविधानले यस्तो व्यवस्था गरेको भए पनि ७५३ स्थानिय तह मध्ये १८ स्थानिय तहमा मात्रै महिला प्रमुख रहेको तथ्यांक छ । अघिल्लो निर्वाचनको तथ्यांक हेर्दा झन्डै ९८ प्रतिशत स्थानीय तहको जिम्मेवारी पुरूषहरुले पाएका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्