१२ श्रावण २०८१, शनिबार
Logo

२७ औ जनयुद्ध दिवसमा सहिद श्रद्धाञ्जली,बेपत्ता परिवार सम्मान कार्यक्रम सम्पन्न

नेकपा माओवादी केन्द्रको आयोजनामा आज नुवाकोटका पालीका कमिटी तथा नगर कमिटीहरुले बिभिन्न कार्यक्रम गरी २७ औ जनयुद्ध दिवश मनाएका छन् । २०५१ साल फागुन १ गते देखी तत्कालिन नेकपा माओवादीेले सुरु गरेको जनयद्ध दिवश तथा जनयुद्धको क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सम्झनामा २७ औ जनयुद्ध दिवस नुवाकोटका सबै पालिकाहरुमा बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएको नेकपा माओवादी केन्द्र नुवाकोटले जानकारी दिएको छ ।


नेकपा माओवादी केन्द्र तारकेश्वर गाउपालीका कमिटीले २७ औ जनयुद्ध दिवसको अबसरमा सहिद श्रद्धाञ्जली,बेपत्ता योद्धा सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य कल्पना रिमालले माओवादी जनयुद्धको कारण देशमा परिवर्तन सम्भव भएको बताउदै अब देशमा जसको निती उसैले नेत्रृत्व गर्नु पर्ने समय आएको बताउनु भयो । नेत्रृ रिमालले आउने स्थानिय तहको निर्वाचनमा तारकेश्वर गाउपालीकामा नेकपा माओवादी केन्द्र पहिलो पार्टी बन्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता राजेन्द्र न्यौपाने , हरि प्रसाद रिमाल, कृष्णमणी अधिकारी लगायतले तारकेश्वर गाउपालीकामा नेकपा माओवादीको नेत्रृत्व कायम राख्न सबै एकताबद्ध भएर लाग्न आग्रह गर्नु भयो ।


कार्यक्रममा नेकपा माओवादी केन्द्र तारकेश्वर गाउपार्टी कमिटीका पदाधीकारीहरु, वडा नं १ का अध्यक्ष तोयानिधी पौडेल, वडा नं ३ का अध्यक्ष बद्री ढुंगाना, वडा नं ४ का अध्यक्ष राजाराम घिमिरे , वडा नं ५ का अध्यक्ष भिम बहादुर तामाङ, र वडा नं ६ का अध्यक्ष राजु रिमाल लगाएतले आफ्नो धारणा राख्नु भएको थियो ।


नेकपा माओवादी केन्द्र तारकेश्वर गाउपालीका अध्यक्ष सोम बहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव बच्चुराम रिमालले संचालन गर्नुभएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews


त्यस्तै नेकपा माओवादी केन्द्र शिवपुरी गाउपालीका वडा नं ७ मा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि जनयुद्ध दिवस मनाएको नेता श्याम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।


नेकपा माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य शिव बहादुर खातीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं ७ का अध्यक्ष श्याम प्रसाद पाण्डे, सचिव बिनोद कडेल, नेता जीवन गुरुङ, अखिल क्रान्तिकारीका पालिका कमिटी अध्यक्ष अस्मिता ठकुरी , वडा कमिटी उपाध्यक्ष फुर्तिमान तामाङ कोषाध्यक्ष बिरमाया तामाङ , पालिका कमिटी सदस्य महेन्द्र प्रसाद पाण्डे , सुबास उप्रेती , दलित मोर्चा पालिका कमिटी अध्यक्ष राजु सुनार लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा जनयुद्धको क्रममा सहिद भएका तथा बेपत्ता परिवारलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्