४ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

माओबादी केन्द्र सुर्यगढिको गाउँपालिका सम्मेलनमा शिक्षा राज्यमन्त्री बोधमाया यादब आउदै

नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) सुर्यगढिको दोश्रो गाउँपालिका सम्मेलन मंसिर १५ गते हुने भएको छ ।

शिक्षा राज्यमन्त्री बोधमाया यादबको प्रमुख आतिथ्यतामा हुन लागेको सम्मेलन आयोजक समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिनु भयो ।
कार्यक्रममा चर्चित हास्य कलाकार सुबोध गौतम (एदुमे), रास्ट्रीय कलाकार तथा क्रान्तीकारी गायक नवीन खड्काका साथै स्थानीय कलाकारको उपस्थिति रहने अध्यक्ष अधिकारिले बताउनु भयो ।
सम्मेलनमा सुर्यगढी गाउँपालिकाको मात्रै १ हजार भन्दा धेरै नेता तथा कार्यकर्ता सहभागी हुने सम्मेलन आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्