११ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

२४ घण्टामा दुई लाख ११ हजारले कोरोना भाइरसविरुद्धको खोप लगाए

पछिल्लो २४ घण्टामा देशभर दुई लाख ११ हजार जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । 

सरकारले देशभर १८ वर्षमाथिका सबैलाई कोरोना भाइरसविरुद्धको खोप लगाइरहेकामा पछिल्लो एकै दिन दुई लाख ११ हजार पाँच सय ५३ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।योसहित नेपालमा ८४ लाख ३७ हजार आठ सय ६० जनाले पूर्ण मात्रा र ९८ लाख ७९ हजार ६ सय ४८ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् । 

यसैबीच पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरी ६ हजार चार सय ६९ जनाको नमुना परीक्षण गर्दा दुई सय ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५६ जना निको भएका छन् । याेसहित काेराेना सङ्क्रमणबाट मुक्त हुनेकाे सङ्ख्या आठ लाख दुई हजार नाै सय नाै पुगेकाे छ । 

Shivapuri rural municipality awareness message jalapanews

यही अवधिमा थप दुई जनासहित कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय २६ जना पुगेको छ । अहिले नेपालमा ६ हजार नौ सय ३१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्