२१ मंसिर २०८१, शुक्रबार
Logo

अब आउने निर्वाचनमा ओलीको कारणबाटै एमाले पार्टी सर्वनास भएर जान्छ- नेता हित बहादुर तामाङ (भिडियो )

नेकपा माओवादीका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सहईन्चार्ज हित बहादुर तामाङले नेकपा माओबादी केन्द्र मात्र नेपालको बैचारिक राजनितिक आधार भएको पार्टी रहेको बताउनु भएको छ ।
नेकपा माओबादी केन्द्रमा नेपालको सबै जातजाती भाषाभाषी धर्म संस्कृति र सबै क्षेत्रको सबै समुदायको समुचित सम्मानका साथ अगाडी बढाउन सक्ने क्षमता रहेको उहाले बताउनु भयो ।


दोश्रो शिवपुरी गाउपालीकाको अधिबेशनलाई सम्बोधन गर्दै नेता तामाङले भन्नूभयो “सबै हिसाबले उत्पिडनमा परेका महिला,दलित,अल्पसंख्यक जनजाती,गरिब किसान श्रमजिवी मजदुरहरु यी सबैको जागरणको कुन्ज हो नेकपा माओबादी ”।
नेता तामाङले मुलुकको एकिकृत नेतृत्व गर्न सक्ने सबै भन्दा क्रान्तिकारी पार्टी नेकपा माओबादी केन्द्र रहेको बताउनु भयो ।
नेकपा माओबादी केन्द्रको बिचार,शिद्धान्त र पार्टीको नेतृत्व गर्ने पुष्प कमल दाहाल प्रचण्डको सफल नेतृत्वलाई बुझेर नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरि पार्टी प्रबेश गर्नेको लहर बढेको नेता तामाङको भनाई छ ।


नेता तामाङले भन्नूभयो “हाम्रै जनयुद्धको कारणले राजतन्त्रको अत्य गरेर गणतन्त्रको घोषणा भएको छ, एकात्मक धर्म सापेक्ष मुलुकलाई धर्म निरपेक्ष मुलुकमा रुपान्तरण गरेको छ ,यो संबिधान मार्फत, संबिधानमा सबैलाई समानुपातीक समाबेशीताको सुनिश्चितता गरेको छ । एकात्मक र केन्द्रिकृत ब्यबस्थाको अन्त्य गरेर नेपालमा संघियताको अभ्यास भैराखेको छ । ”
नेता तामाङले देश भरबाट ८ लाख सदस्यता नबिकरण, ५ लाख भन्दा बढी नया सदस्यता बितरण गरेको बताउनु भयो । उहाले १० लाख भन्दा बढी कार्यकर्ता परिचालन गरेर देशै भर अधिबेशन भैरहेको बताउनु भयो ।


उहाले सबै कार्यकर्ताहरुलाई जिम्मेवारी दिने र संगठीत गर्ने बताउनु भयो ।
मुलुकमा बास्तविक परिवर्तन ल्याउन सक्ने अपेक्षाका साथ नेकपा एमाले संग एकिकरण भए पनि नेकपा एमालेले माओबादी केन्दको सद्भावलाई उपेक्षा र नेपाली जनताको सपना माथी खेलवाड गरेको नेता तामाङले बताउनु भयो ।
उहाले भन्नुभयो “नेपालमा क्रान्तिकारी कम्यूनिष्टहरुको एकता जरुरी छ तर नेकपा एमाले जस्तो पार्टीबाट सम्भव छैन, हाम्रै पार्टी नेकपा माओवादी केन्द्रको अगुवाईमा मात्र सम्भव छ”।

Shivapuri rural municipality awareness message jalapanews


उहाले केपि ओली नेत्रृत्वमा बनेको सरकारले नेपाली जनताले अपेक्षा गरे अनुरुपको कुनै पनि काम हुन नसकेको बताउनु भयो ।
दुइ तिहाई जनमतको कदर गर्न नजान्दा केन्द्र सरकार र प्रदेश सरकारबाट बिस्तापित भएको बताउनु भयो । अब आउने निर्वाचनमा ओलीको कारणबाटै एमाले पार्टी सर्वनास भएर जाने नेता तमाङको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्