२६ जेष्ठ २०८०, शुक्रबार
Logo
final gp koirala advert

नेकपा माओबादी केन्द्र नुवाकोट ३ दर्जन वडामा वडा सम्मेलन सम्पन्न


नेकपा माओवादी केन्द्र नुवाकोटका सबै पालिकाहरुमा वडा सम्मेलन धमाधम भैरहेको छ ।
केन्द्रीय कमिटीले मंसिर चार गते देशव्यापी रुपमा वडा सम्मेलन सम्पन्न गर्ने निर्णय गरेता पनि एकै पटक सबै वडा भेला सम्पन्न गर्न नसक्ने भएकाले नुवाकोटमा २ गते देखी नै सम्मेलन सुरु गरेको हो ।


वडा अधिबेशनले प्रत्येक वडामा २९ सदस्यीय कमिटी गठन गरेको छ ।


तारकेश्वरगाउपालीका वडा नं १ को अध्यक्षमा तोयानिधी पौडेल, उपाध्यक्षमा बिजय तामाङ, सचीवमा अमर तामाङ, सहसचिवमा फैलामा तामाङ र कोषाध्यक्षमा कमला जिम्मा तामाङ सहित २९ सदस्यीय कमिटी निर्बिरोध निर्बाचित भएका छन, भने तारकेश्वर ५ मा भिम बहादुर तामाङको नेत्रृत्वमा २९ जना निर्विरोध चयन भएका नेता हरि प्रसाद रिमालले जानकारि दिनु भयो ।


बिदुर ९ मा हरिराम भन्डारिको अध्यक्षतामा २९ सदस्यीय कमिटी, बिदुर ६ मा गुणदास कुमालको अध्यक्षतामा २९ सदस्यीय कमिटी, बिदुर १३ मा अनन्त घलेको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन भएको छ ।

Shivapuri rural municipality awareness message jalapanews


त्यस्तै शिबपुरी गाउपालीका १ तलाखुमा अध्यक्ष गोपाल तामाङ, उपाध्यक्ष मनोज कार्की, सचिव पवन तामाङ, सह सचीव डल्लिमाया तामाङ र कोशाध्यक्ष प्रकाश तामाङ सहित २९ सदस्यीय कमिटी बनेको नेता बिरबहादुर तामाङले जानकारि दिनु भयो । ।
त्यसै गरि शिबपुरी २ को अध्यक्षमा कुमार तामाङ , शिवपुरी ३ को अध्यक्षमा काली बहादुर तामाङ , शिवपुरी ४ को अध्यक्षमा आइतराम तामाङ , शिबपुरी ५ को अध्यक्षमा बिनोद तामाङ, शिबपुरी ६ को अध्यक्षमा इन्द्र बहादुर तामाङ , र शिबपुरी वडा नं ८ को अध्यक्षमा सुबास राज पाण्डे सहित वडा नं ७ बाहेक सबै वडामा २९ सदस्यीय कमिटी निर्बाचित भएका छन ।

सुर्यगढी गाउपालीका वडा नं २ मा रमेश तामाङको अध्यक्षतामा २९ सदस्यीय कमिटी बिस्तार भएको नेता पुरुषोतम अधिकारीले जानकारि दिनु भयो ।


दुप्चेश्वर ६ मा अध्यक्ष राजकुमार श्रेष्ठ , उपाध्यक्ष मेन्दोलामो वाइवा, सचीव शौभाग्य तामाङ, सहसचिव मुइलामा तामाङ, कोषाध्यक्ष सिर्चा तामाङ सहित २९ सदस्यीय संगठन बिस्तार भएको छ ।
दुप्चेश्वर ४ को अध्यक्षमा मान बहादुर तामाङ सहित २९ सदस्यीय कमिटी बनेको वडा नं ६ का अध्यक्ष राज कुमार श्रेष्ठले बताउनु भयो ।
बेलकोटगढी नगरपालिका वडा नम्बर २ को अध्यक्षमा खेमराज ढुंगाना (रामहरि ) उपाध्यक्ष सरिता न्यौपाने, सचीव मधु प्रसाद न्यौपाने, सहसचिव रमिला ओझा, कोषाध्यक्षमा कल्पना श्रेष्ठ सहित २९ जना निर्विरोध निर्बाचित भएका छन् ।


बेलकोटगढी ३ को अध्यक्षमा तेज प्रसाद मुडवरी , ४ को अध्यक्षमा चन्द्र बहादुर गुरुङ , वडा नं ५ को अध्यक्षमा राम कुमार भण्डारि ,वडा नं ६ को अध्यक्षमा कमलराज सुवेदि, वडा नं ७ को अध्यक्षमा रामचन्द्र राई , वडा नं ९ को अध्यक्षमा इश्वर गजुरेल, बेलकोटगढी १० मा मान बहादुर रानामगर , वडा नं ११ को अध्यक्षमा प्रेम बहादुर तामाङ )जित) बेलकोटगढी १२ मा भरत नेपाल र वडा नं १३ को अध्यक्षमा रबिस कुमार लामाको नेत्रृत्वमा २९ सदस्यिय कमिटी गठन भएको छ ।

त्यसै गरि लिखुगाउपालीका वडा नं ६ को अध्यक्षमा सुमन भण्डारी सहित २९ सदस्यीय संगठन बिस्तार भएको छ ।


किस्पाङ वडां १ भाल्चेमा बिजय घले र किस्पाङ नं ३ काहुलेमा शेर बहादुर तामाङको नेत्रृत्वमा २९ सदस्यिय कमिटी गठन गरिएको नेकपा माओवादी केन्द्रका नेता अर्जुन प्रसाद न्यौपानेले जानकारि दिनु भयो ।


ककनी गाउँ पालिका वडा नम्बर ६ को अध्यक्षमा सुकदेव ढुंगाना र वडा नं ८ को अध्यक्षमा शुर्य बहादुर तामाङ सहित प्रत्येक वडामा २९ जना निर्वाचित भएको नेता सिता खतिवडा लामाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्