१२ श्रावण २०८१, शनिबार
Logo

माओवादी केन्द्र मधेशमा एक नम्बर पार्टी हुन्छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदाे चुनावमा आफ्नो पार्टी मधेशको पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । महोत्तरीको रामगोपालपुरमा आज बुधवार आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेशको मुटु प्रदेश नं २ मा आफ्नो पार्टी पहिलो हुने दाबी गर्नुभएको हो ।

‘चुनावमा नागरिकले नक्कली जलपवालालाई बढार्नेछन्’, प्रचण्डले भन्नुभयो, ‘मधेश र मधेशी नागरिककाे मुक्तिको शङ्खनाद हामीले गरेका हौँ, मधेशी नागरिकले आउँदाे चुनावमा पहिलो मत दिएर हामीलाई नम्बर एक बनाउनेछन् ।’

यसअघिका मधेशका भ्रमणमा मधेशसँग आफ्नो गहिरो ‘प्रेम’ परेको उहाँको भनाइ छ । आफैँले दुई पटक मधेशी नागरिककाे हक र अधिकारका निम्ति संविधान संशोधनको प्रस्ताव लगेको प्रसङ्ग सम्झाउँदै उहाँले त्यतिखेर सफल हुन नसकेको त्यो कुरा अब पहिलो पार्टी बनेर पूरा गर्ने बताउनुभयो ।

‘हामीले संविधान संशोधन गरेर मधेश मुद्दा सम्बाेधनकाे जमर्को गर्‍याैँ’, प्रचण्डले भन्नुभयो, ‘तर संविधान संशोधनका लागि आवश्यक बहुमत नभएको हुँदा सम्भव भएन ।’ त्यतिखेर संविधान संशोधन प्रस्ताव एमालेको असहयोगले असफल भएको प्रचण्डले उल्लेख गर्नुभयो । अहिले न्यायालयभित्र देखिएको समस्या केही दिनभित्रै हल हुने उहाँको भनाइ छ ।  

Shivapuri rural municipality awareness message jalapanews

अध्यक्ष प्रचण्डले  रागोपालपुर नगरपालिकाका वडा नम्बर २, ३, ४, ६, ७, ८ र ९ मा नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्रको पनि जनसभाबाटै सेवा प्रारम्भ भएको घोषणासाथ उद्घाटन गर्नुभयो । महोत्तरीमा स्वास्थ्य सेवामा पहुँच वृद्धि शैक्षिक विकासका लागि निरन्तर आफ्नो प्रयत्न जारी रहने प्रचण्डले प्रतिबद्धता जनाउनुभयो । समारोह (सभा) मा माओवादी केन्द्रका स्थायी कमिटी, केन्द्रीय कमिटीका सदस्य र सांसदको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस्