१२ श्रावण २०८१, शनिबार
Logo

२४ घण्टामा एक लाख जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाए

पछिल्लो २४ घण्टामा एक लाख जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । २४ घण्टामा एक लाख एक हजार सात सय ६१ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

याेसँगै नेपालमा अहिलेसम्म ७६ लाख ७५ हजार आठ सय ९९ जनाले पूर्ण मात्रा र ८९ लाख ६१ हजार आठ सय ७१ जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् । समग्रमा नेपालमा एक करोड ६६ लाख ३७ हजार मात्रा भन्दा धेरै खोप लगाइएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा थप चार सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार नौ सय ९३ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ४३ प्रतिशत अर्थात् चार सय १२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै थप दुई सय दुई जना निको भएसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९८ हजार नौ सय १६ पुगेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

यही अवधिमा एक जना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ८३ पुगेको छ ।

नेपालमा अहिले सात हजार ६ सय ३६ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस्