६ चैत्र २०८०, मंगलवार
Logo
final gp koirala advert

भौतिक पुर्वाधार विकास मन्त्रि केशव पाण्डेद्धारा गगटे पार्क उद्घाटन

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ गंगटेमा निर्मित पार्कको उद्घाटन गरिएको छ ।

आज एक कार्यक्रमका बिच बागमति प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्रि केशव पाण्डेले गँगटे पार्कको उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्रि पाण्डेले गगटे पार्कलाई ठुलो पार्कको रुपमा बिकाश गर्न सकिने बताउनु भएको छ । उहाले हालको अबस्थामा सुन्दर देखिने पार्कको अबलोकन गर्नेहरु सँग थोरै शुल्क उठाएर पार्कको संरक्षण र बिस्तारमा खर्च गर्नु पर्ने बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै भुमि ब्यबस्था कृषि तथा सहकारी राज्य मन्त्री बद्री मैनालिले खेर गैरहेको जमिनको सदुपयोग गर्ने निती तथा कार्यक्रम आउनु पर्ने बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews


कार्यक्रममा सम्बोधन गर्ने क्रममा विदुरका नगर प्रमुख सञ्जु पण्डितले विदुरवासीले गर्व गर्न लायक ठाउको रुपमा गंगटे पार्क स्थापित भएको बताउनु भयो ।


कार्यक्रममा जिल्ला समन्वयन समितीका प्रमुख सन्तमान तामाङ, प्रमुख जिल्ला अधिकारी जिवन दुलाल, विदुर नगरपालिकाका उप प्रमुख गिताकुमारी दाहाल, वडा नम्बर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठ, वडा नम्बर ५ का वडाध्यक्ष शिव चित्रकार, वडा नम्बर ६ का वडाध्यक्ष राजु सडौला लगाएतले आफ्नो धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्