अखिल क्रान्तिकारी नुवाकोटको अध्यक्षमा निराजन बोगटी

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी नुवाकोटको अध्यक्षमा निराजन बोगटी चयन भएका छन् ।
मंगलवार भएको १६ औं जिल्ला सम्मेलनले निराजन बोगटीको नेतृत्वमा निर्विरोध जिल्ला कमिटी गठन गरेको हो ।
संगठनको उपाध्यक्षमा राजेन्द्र पनेरु, प्रदिप भट्ट र ज्ञानेन्द्र न्यौपाने चयन हुनुभएको छ ।

सचीवमा दिपेन्द्र थापा, सहसचिवमा सुरेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा सुस्मिता ठकुरी चयन हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्