१२ श्रावण २०८१, शनिबार
Logo

नेपाली काङ्ग्रेस तारकेस्वर गाउँपालिकाको भेला सम्पन्न

नेपाली काङ्ग्रेस तारकेस्वर गाउँपालिका कार्यसमितिको कृयासिल सदस्यहरुको भेला सम्पन्न भएको छ ।
भेलामा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि चोकराज शाक्यले पार्टीको नीतिनियम र बिधि बिधान अनुसार सबै तहका निर्वाचनमा अनुशासित र मर्यादित भै सक्रिय सहभागिता जनाउन सम्पूर्ण पार्टी कार्यकर्ता आग्रह गर्नु भयो ।


त्यस्तै काङ्ग्रेस तारकेस्वर गाउँपालिका कार्यसमिति सभापति होमबहादुर तामाङले गुट रहित कमिटी बनाउनु पर्नेमा जोड दिनु भएको छ । सभापति तामाङले तारकेश्वरमा पार्टीको अधिबेशन स्थानीय तहमा गुटबन्दी रहित सहमति र सहकार्य गर्दै सामुहिक छलफलद्वार शान्तिपूर्ण ढंगले एकताको अधिबेशन सभ्य र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण कृयासिल सदस्यहरुलाई आवश्यक छलफल र परामर्शमा जुट्न अपिल गर्नुभएको छ ।


कार्यक्रमहरुमा गोबिन्द प्रसाद शर्मा ,राजकुमार भट्टराई, केशव अर्याल, नवराज खनाल,सन्तलाल तामाङ, भिम बहादुर तामाङ, हरि श्रेष्ठ, राममणी घिमिरे, दिपेश शाक्य, नवराज रिमाल लगायतका स्थानीय नेता तथा अगुवा कार्यकर्ताले आफ्नो धारणा राख्नु भएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्