१६ आश्विन २०८०, मंगलबार
Logo
final gp koirala advert

काठमाण्डौ महानगरपालिकामा बिरामी र कोरोना सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्स

काठमाण्डौ महानगरपालिकाले कोरोना सङ्क्रमित बिरामी र अन्य बिरामीलाई अस्पताल पुर्‍याउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।  कोरोना सङ्क्रमित र अन्य रोगका बिरामीलाई छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको सुविधा दिने निर्णय गरिएको र यो निर्णय भोलिदेखि लागु हुने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताउनुभयो । 

उहाँका अनुसार १०२ नम्बरमा फोन गरे कोरोना संक्रमितलाई घरमै पुगेर एम्बुलेन्स सेवा दिइने छ । यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरपालिकाका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ । यो सेवा लिनका लागि टोल फ्री नम्बर ११८० मा फोन गर्न सकिने छ । यो सेवा चौबीसै घण्टा सञ्चालन हुने पनि उहाँले बताउनुभयो ।

यसैगरी समुदायस्तरमा सचेतना बढाउन शिक्षकहरू परिचालन गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र स्थापनाका लागि सहयोग गर्ने बैठकले निर्णय गरेको छ । यस्तै, कोरोना नियन्त्रण तथा व्यवस्थापन गर्ने क्रममा विपन्न सङ्क्रमित परिवारका लागि औषधि किन्न तथा अन्य व्यवस्थापकीय काममा खर्च गर्न ठूला वडालाई एक लाख रुपैयाँ, मझौला वडालाई ७५ हजार रुपैयाँ र साना वडालाई ५० हजार रुपैयाँसम्म निकासा पठाउने निर्णय गरेको छ

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्