४ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

कबिता – चुनाव

-नारायण नेपाल

एकबारे जिन्दगीमा

चुनाव खेलियो

झेलियो

Shivapuri rural municipality awareness message jalapanews

नेताहरुको

पार्टीहरुको

सबै सबैको चुनाव

उस्तै उस्तै त रैछ नि साइला !!

आखिर पत्रकारको चुनाव पनि

खेलियो

झेलियो ।

सबैभन्दा पहिला

समाचारको स नजान्ने आयो

पत्रकारको लिस्टमा नाम भेटायो

भोट खसाल्यो

र, गयो गोठालोतिर !

पोहोरदेखी

दुधको ठेकी र पत्रीका बोक्ने

एउटा भाइ थियो

उ पनि आयो

नाम खोज्यो

टिक लाग्यो

भोट खसाल्यो

अनि कता गयो गयो

माथ्लापट्टीका मासु पसले

सटर तानेर त्यहीँ टुप्लुक्क आइपुग्यो

मण्डीवाला, सब्जिवाला

किरानावाला

ठुलावाला, सानावाला

ठेकेदार साब

होटल साहु

ड्राइभर दाई

खलासी भाइ

रमिता हेर्न आएका

रमिते पो हुन कि !

अहँ हजुर ती त पत्रकार पो रहेछ्न

लाइनमा बसेर

कम्मर कसेर

कस्लाइ भोट खसाले

खै यो कस्तो संस्कार बसाले

म बबुरो एउटो

त्यसरी भोट खसाल्नेलाई झेलियो

एकबारे जिन्दगीमा चुनाव पनि खेलियो

चुनाव पत्रकारको

भोट सबैको

हो हजुर

मेला जान ठीक्क परेकी

साइली दिदी आइपुगिन

जागिर हिँडेका नानीहरू आए

भोट हाले अनि बाटो लाए

पत्रकारको चुनाव त

सत्ताको उन्मादलाई लाग्यो

प्रतीपक्षको रोदनलाई लाग्यो

जिल्लाका ब्यापारीलाई लाग्यो

क्रसर साहुलाई लाग्यो

जग्गा दलालीलाई लाग्यो

लाग्न त यो चुनाव माननीयलाइ

नेता हनुमान र चम्चेहरूलाई पनि लाग्यो

गाउँतिरका सखिया

शहर तिरका माफिया

कसलाई लागेन र यो चुनाव ?

गाउँका सिंहदरबारका स्याल

भाडाका टट्टु र र्‍याल

सबैलाई लागेको चुनाव झेलियो

एकबारे जीन्दगीमा चुनाव खेलियो !!

लुटेर ल्याएको दाम थिएन

ठगेर खाने काम थिएन

रित्तो गोजिले गाडी रिजर्व भएन

होटल बुक गरिएन

न अग्रीम भोज गरियो

न नेताको चाप्लुसिको खोज गरियो

हो साथी हो प्रीयजन

मतदातालाई आसा देखाइएन

भतेर र पैसाको लालच देखाइएन

तैपनि चुनाव झेलियो

एक बारे जिन्दगीमा चुनाव खेलियो !!

साथी हामीसंग थियोे त केबल

आस्था, निष्ठा र स्वाभिमान

त्यो बन्धकी राखेनौ

राखेका छैनौ

कदापी राख्ने छैनौ

यी को हुन् ?

कहाँबाट झुल्के ?

दंग नपर्नुस् महोदय

हामी कसैका होइनौ

कोही हाम्रा होइनन्

हामी त सत्य र न्यायको पक्षमा छौ

मान्छे गर्छ विवेकको सोझो

कुकुर गर्छ निमेकको सोझो !

त्यसैले साथी

विवेक बन्धकी नराखौँ !!

चुनाव त आउछ जान्छ

इमान र इज्जत गएपछि आउँदैन !!

समाचार लेखेरै जुनी बिताउने

समाचार लेखेरै एक छाक अन्न जुटाउने

समाचार लेखेर चार आना घडेरी जोड्न नसक्ने

समाचार लेखेर एक तले झुपडी बनाउन नसक्ने

खबरीलालहरू

चैते हुरीपछि खण्डहर सिमलमा अड्किएको भुवाजस्तो

निर्वाचन आयोगको मुल ढोकामा

लरबरिएका थिए

साँच्चै चुनाव त झेलियो

यो चुनाव बुझेर बुझ्न नसकिने

एकबारे जिन्दगीमा चुनाव खेलियो !!

प्रतिक्रिया दिनुहोस्