१२ श्रावण २०८१, शनिबार
Logo

नेकपा एमाले नुवाकोटको अध्यक्षमा मैनाली र सचिवमा अधिकारी चयन

एमालेको बागमती प्रदेश कमिटीको बैठकले सबै जिल्लामा अधिवेशन अायोजक कमिटी गठन गरेको छ । जस अनुसार नुवाकोटमा एमालेको अधिवेशन अायोजक कमिटीको अध्यक्षमा बद्री मैनाली र सचिवमा काशिराज अधिकारी चयन हुनुभएको छ ।

बागमती प्रदेशसभाको सदस्य मैनाली यसअघि नेकपाको जिल्ला कार्यकर्ता भेलाबाट अध्यक्ष चुनिनु भएको थियो । उहाँ यसअघि नेकपा एमालेको निर्वाचित जिल्ला उपाध्यक्ष हुनुहुन्थ्यो । अधिकारी जिल्ला कमिटीको सचिवालय सदस्य हुनुहुन्थ्यो । २०५४ सालमा तत्कालीन थानसिङ गाविसको अध्यक्ष हुनुभएका अधिकारी त्यसपछि लाभको पदमा रहनु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्