११ माघ २०८१, शुक्रबार
Logo

मेलम्चीको पानी काठमाडौ आइपुग्यो

वर्षौंदेखि प्रतिक्षाको रुपमा रहेको मेलम्ची खोलाको पानी काठमाण्डौ आइपुगेको छ ।

सुरुङ परीक्षणको क्रममा गएको १० गते सुरुङमा हालेको पानी काठमाण्डौको सुन्दरीजल आइपुगेको हो । सुरुङको सुन्दरीजलको ढोका खोलेर प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानीलाई काठमाण्डौमा स्वागत गर्दै वाग्मती नदीमा बगाउनुभएको छ । 

मेलम्ची खाने पानी आयोजनाको सुरुङ परीक्षणपछि त्यहाँ जम्मा भएको पानीलाई वाग्मतीमा बगाइएको हो । यो सफल परीक्षणपछि अब तीन महिना नकटाइ काठमाण्डौ बासीलाई मेलम्चीको पानी उपलब्ध गराउने योजना सरकारको छ ।

अब दोस्रो चरणमा सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी पठाइने र त्यो पानी त्यहाँबाट उपत्यकाबासीको धारामा वितरण गर्ने काम हुनेछ । काठमाण्डौमा खानेपानी वितरणको जिम्मा लिएको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी वितरणको लागि सबै तयारी पूरा भएको जनाएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाण्डौमा आउनेछ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले वाग्मतीमा पानीको सतह बढ्ने भन्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन पनि भनेको छ ।   

प्रतिक्रिया दिनुहोस्