१२ श्रावण २०८१, शनिबार
Logo

सम्बोधि’ सार्वजनिकीकरण

प्रगतिवादी कवि नरेश शाक्यद्वारा लिखित ‘सम्बोधि’ लघुकविता सङ्ग्रह सार्वजानिक भएको छ । नेपाल रुसी साहित्य र नेपाल रुसी विज्ञान प्रतिष्ठानद्वारा संयुक्त रुपमा हालै आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र प्रगतिवादी कवि एवं नाट्यसंगीतका प्राज्ञ मञ्जुलले कृतिको सार्वजानिक गर्दै कृतिले समसामयिक विषयलाई उजागर गरेको बताउनुभयो ।

उहाँहरुले लेखक शाक्यका साहित्यिक जीवन, दर्शन तथा साँस्कृतिक अभियानका रुपमा चर्चा गर्नुभएको थियो । वरिष्ठ कवि वैरागी जेठाले पुस्तकका बारेमा टिप्पणी गर्नुभएको थियो । प्रा. जंगव चौहानको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा रसियन कल्चरका उपमहार्निदेशक अलेक्सेइ कोतल्यारोभ, प्राडा हरिप्रसाद सिलवाल, साहित्यकारद्वय विष्णुबहादुर सिंह र चन्द्रकान्त आचार्य कवि शाक्यका कृतित्व र व्यक्तित्वका बारेमा चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्