१२ श्रावण २०८१, शनिबार
Logo

तारकेश्वर घिमिरे समाजको अध्यक्षमा बद्रि प्रसाद घिमिरे

नुवाकोटको तारकेश्वर गाउपालीका पालीका स्तरीय घिमिरे समाज गठन भएको छ ।
घिमिरे बन्दु राष्ट्रिय प्रतिष्ठान नेपाल जिल्ला कार्य समन्वयन समितीका अध्यक्ष दुर्गा प्रसाद घिमिरेको आतिथ्यतामा राममणी घिमिरेको अध्यक्षतामा बसेको तारकेश्वर बन्दुको भेलाले बद्रि प्रसाद घिमिरेको अध्यक्षतामा ९ सदसीय कार्य समिती गठन गरेको छ ।
समितीको उपाध्यक्षमा मुकुन्द घिमिरे , सचिवमा पशुपती घिमिरे , कोषध्यक्षमा गोबिन्द घिमिरे चयन हुनु भएको छ । सदस्यहरुमा रोसन घिमिरे रबिन्द्र घिमिरे , रामकुमार घिमिरे , सिपी घिमिरे र गिताबल्लव घिमिरे चयन भएको समितीले जानकारी दिएको छ ।
समितीले बिभिन्न स्थानमा छरीएर रहेका घिमिरेहरुको पहिचान गर्ने , खोजी गर्ने र बंसावली तयार गर्ने अधयक्ष बद्रि प्रसाद घिमिरेले जानकारी दिनु भएको छ । घिमिरे बंशावलीले नया पुस्तालाई पितृ कार्य ,शुभकार्य, कुल पुजा लगाएतका कार्य सम्पन्न गर्नलाई सहज हुने अध्यक्ष घिमिरेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्