२६ जेष्ठ २०८०, शुक्रबार
Logo
final gp koirala advert

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको ३२ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको ३२ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
सधारण सभालाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बिपतको समयमा रेडक्रसले देखाएको तत्परता र सहयोग आगामी दिनमा पनि अझै प्रभावकारी रूपमा लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा रक्त सञ्चार भवन निर्माणको लागि सहयोग गर्ने त्रिशुली अस्पतालका डाक्टर मधुकर दाहाल र जिल्ला लगायत राजधानीमा समेत रगतको अभाव हुन नदिन सहजिकरण गर्ने मछिन्द्र नरसिंह प्याकुरेललाई कदर पत्रसहित दोसल्ला ओढाई सम्मान गरिएको छ ।
कार्यक्रममा नुवाकोट रेडक्रसले पञ्चकन्या रेडक्रस उपशाखा उत्कृठ घोषण गरेको छ । उत्कृष्ट जुनियर रेडक्रस सर्कलमा पृथ्वी माध्यमिक विद्यालय र उत्कृष्ट स्वयम्सेवकमा भेषबहादुर पाण्डेलाई क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद सहित सम्मान गरिएको मन्त्री हरी श्रेष्ठले जानकारी दिनु भयो ।

हाल नुवाकोटमा नुवाकोट रेडक्रसका २२ वटा उपशाखा, विद्यालय स्तरमा गठन भएका ६५ जुनियर युवा रेडक्रस सर्कल र दुईवटा युवा रेडक्रस सर्कल सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्