१२ श्रावण २०८१, शनिबार
Logo

गोस्र्याङ महिला साना किसान कृषी सहकारी संस्था लिमिटेडको दोश्रो साधारण सभा सम्पन्न

नुवाकोटको तारकेश्वर गाउपालीका वडा नं ५ मा रहेको गोस्र्याङ महिला साना किसान कृषी सहकारी संस्था लिमिटेडको दोश्रो बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
कोरोना भाइरसको कारण सहकारीले सामाजिक दुरीकायम गरि टोल टोल मै गएर साधारण सभा सम्पन्न गरेको हो । पौष ६ गते देखी शुक्रबार २४ गते सम्म १२ दिन सस्थाले साधारण सभा संचालन गरेको ब्याबस्थापक शिबराम रिमालले बताउनु भयो ।
सहकारीले कोरोना भाइरसको कारण सरकारले गरेको लकडाउनको समय समेत लक्ष्य अनुसारको प्रगति हासिल गरेको सस्थाले जनाएको छ ।
४ सय ८१ जना सदस्य रहेको सहाकारीले ८० वटा साना किसान कृषी समुह संचालन गरेको छ । तारकेश्वर गाउपालीका वडा नं १, ५ र ६ लाई आफ्नो कार्यक्षेत्र बनाएर काम गरि रहेको सहकारीले तरकारी खेती, बाख्रा पालन, गाइभैसी पालनमा ऋण लगानी गरि ग्रामीण स्वाबलम्बन कायम गर्ने लक्ष्य राखेको सस्थाले जानकारी दिएको छ ।
साभारण सभालाई सम्बोधन गर्दै गाउपालीकाका उपाध्यक्ष तारा देवी रिमालले सहकारी आर्थिक संबृद्धिको आधार भएकाल सबै सेयर सदस्यहरुले संरक्षण गर्नु पर्ने बताउनु भयो । छोटो समयमा सहकारीका संचालकहरुको मेहनतले सहकारीले मुनाफा कमाउन सफल रहेको उपाध्यक्ष रिमाललको भनाई छ ।
त्यस्तै साधारण सभामा कार्यक्रममा तारकेश्वर गाउपालीका वडा नं ५ का अध्यक्ष चुडामणी गजुरेलले अनाबश्यक खर्च कटौती गरेर बचत गर्ने बानी बसाल्न सबैमा आग्रह गर्नु भयो । त्यस्तै कल्लेरी साना किसान कृषी सहकारीका प्रबन्धक ज्ञान प्रसाद खतिवडाले सहकारीमा आबद्ध सेयर सदस्यहरुले ब्याबसायीक बनेर काम गर्न सबैमा आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्