कबिता ; “किनकी ऊ कम्युनिस्ट हो”

राम चन्द्र तिम्सिना (आवाज),
अभियन्ताको गर्जनसंग भड्किन्छ,
नागार्जुनको अस्थिपन्जरसंग तर्सिन्छ !
दासढुङ्गाको भुत संग धड्किन्छ ,
किनकी ऊ कम्युनिस्ट हो !!
निर्मलाको आत्मा भित्र किच्कन्य ,
सालिकरामको फोटो भित्र मुर्कुट्टा देख्छ !
न्याय संग डराउँदैन, कानुन मान्दैन,
किनकी ऊ कम्युनिस्ट हो !!
बिस्तारवाद संग झुक्छ, साम्राज्यवाद संग लुक्छ !
बिरोध गर्ने जनतालाई छानीछानी कुट्छ,
किनकी ऊ कम्युनिस्ट हो !!
दर्शन ,सिद्धान्त ,लक्ष्य र उदेश्य संग भाग्छ,
बिस्तारवाद संग लम्पसार पर्दै उग्ररास्ट्रवाद छाँट्छ !
गट्बन्दी गर्छ, गल्तिको आत्मसमिक्षा गर्दैन,
किनकी ऊ कम्युनिस्ट हो !!
दलाल, माफियासंग सुत्छ, तस्कर
,दलाल पुज्छ गद्दारसंग हिड्छ,
सोझासंग भिड्छ,
किनकी ऊ कम्युनिस्ट हो !!
सर्वहाराको झुपडी भत्काएर,
पुँजिपतिको महल टाल्छ,
गरिब किसान मारेर, बिचौलिया पाल्छ,
किनकी ऊ कम्युनिस्ट हो !!
मार्क्सको फोटो टाँसेर, मोदि पाल्छ!
“जवज” जपेर, त्रिशुलिमा जिप फाल्छ!!
MCC समातेर अमेरिका तान्छ !!
किनकी ऊ कम्युनिस्ट हो !!
किनकि ऊ कम्युनिस्ट हो !!
प्रतिक्रिया दिनुहोस्