१३ मंसिर २०८०, बुधबार
Logo
final gp koirala advert

श्रीमतीलाई तातो तेल खन्याउने श्रीमान पक्राउ

नीलकण्ठ नगरपालिका ११ काे ज्यामरुङकी २० वर्षीया पूजा परियारलाई तातो तेल जिउमा खन्याएर ज्यान लिन खाेजेकाे आरोपमा उनका श्रीमान् २४ वर्षीय अश्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

घरमा बसिरहेकी श्रीमतीलाई तेल तताएर शरीरमा खन्याएपछि पूजा घाइते हुनुुभएको छ । तातो तेलले पोलेर उहाँकाे टाउको, ढाड, घाँटी, गोडा र हातमा पोलेको छ ।

घाइतेको कीर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको र आरोपितलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकनाथ तिम्सिनाले जानकारी दिनुभयाे ।  

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्