१२ श्रावण २०८१, शनिबार
Logo

जर्जियामा बाइडेनले ट्रम्पलाई उछिने : कहाँ को अघि ?

अमेरिकामा यतिबेला राष्ट्रपतीय चुनावको मतगणनामा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन र रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा टक्कर भइरहेको छ । जीतका लागि २७० इलेक्टोरल मत आवश्यक रहेकोमा बाइडेन ट्रम्पभन्दा २५३–२१३ मतले अघि रहेका छन् ।

हुलाकबाट पठाइएका मत गन्न थालेपछि बाइडेनको पक्षमा अग्रता बढीरहेको छ । भर्खरै मात्र जर्जियामा बाइडेनले ट्रम्पलाई उछिनेका छन् ।

२७० सम्म पुग्ने दौडमा यी पाँच राज्यमा यस्तो छ पछिल्लो मत अवस्थाः

१. पेन्सिलभेनिया : २० इलेक्टोरल मत रहेको यस राज्य ट्रम्प १८ हजार २२९ मतले अघि छन् ।

Shivapuri rural municipality awareness message jalapanews

२. जर्जिया : १६ इलेक्टोरल मत रहेको यस राज्यमा बाइडेनले भर्खरै ९१७ मतको अग्रता कायम गरेका छन् ।

३. नेभाडा : ६ इलेक्टोरल मत रहेको यस राज्यमा बाइडेन ११ हजार ४३८ मतले अघि छन् ।

४. एरिजोना : ११ इलेक्टोरल मत रहेको यस राज्यमा बाइडेन ४७ हजार ५२ मतले अघि छन् ।

५. नर्थ क्यारोलाइना : १५ इलेक्टोरल मत रहेको यस राज्यमा ट्रम्प ७६ हजार ७३७ मतले अघि छन् ।

प्रतिक्रिया दिनुहोस्