१८ जेष्ठ २०८०, बिहीबार
Logo
final gp koirala advert

जिल्ला प्रशासन कार्यालय नुवाकोटकाे कार्यालय परिसरमा वगैंचा निर्माण

जिल्ला प्रशासन कार्यलय नुवाकोटको परिसर अहिले हराभरा देखीन थालेकोे छ । केही दिन अघि झारपात मात्र देखीने चौर अहिले कुनै पर्यटकिय पार्क जस्तो देखिन थालेको सामाजि संजाल प्रयोगकर्ताहरुले सामाजिक संजालमा लेखेका छन् ।

जिल्ला प्रशासन कार्यलय नुवाकोटले करिब २ लाख बराबरको दुवो र साइकस , सामुदायिक प्रहरी सेवा केन्द नुवाकोटको संयोजन र लोकप्रिय उपभोक्त सहकारी संस्था लिमिटेडको सहकार्यमा उपलब्ध भएको ५५ हजार रुपैया बराबरको सौन्दर्य बिरुवाहरुले प्रशासन हातालाई सजाउने काम भैरेहेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनु भयो ।
सामुदायिक प्रहरी सेवा केन्द नुवाकोटको संयोजन र लोक प्रिय सहकारी संस्था लिमिटेडको सहकार्यमा जिल्ला प्रशासन कार्यलयलाई प्रदान गरिएको सौन्दर्य बिरुवाहरुले जिल्ला प्रशासन कार्यलयको स्वरुप नै फेरीएको छ ।
समाज सेवी तथा नेकपा नुवाकोटका नेता लिलानाथ न्यौपाने, लोकप्रिय सहकारी संस्थाका अध्यक्ष तथा संवाद अभियान्ता केशब बहादुर कुमाल, सामुदायिक प्रहरी सेवा केन्द्र नुवाकोटका अध्यक्ष तथा संवाद अभियान्ता उत्सव अर्यालको बिशेष पहलमा प्रशासन कार्यलयलाइ ५५ हजार रुपैया बराबरको मौसमी फूलका बिरुवा हस्तान्तरण गरिएको हो ।
सामुदायिक प्रहरी सेवा केनद्र नुवाकोटका अध्यक्ष अर्यालका अनुसार १५ प्रजातीका फूल तथा सजावट बिरुवाहरु हस्तान्तरण गरिएको थियो ।
लोकप्रिय उपभोक्ता सहकारीका अध्यक्ष तथा संवाद अभियान्ता केशब बहादुर कुमालले आफुहरुले सामाजिक उत्तरदायित्व अनुरुप जिल्ला प्रशासन कार्यलयलाई बिरुवा हस्तान्तरण गरेको बताउनु भयो । मौषमी फूलका बिरुवा , अलांकारीक इनडोर , आउट डोर , इभर ग्रिन, लगाएतका सजावट बिरुवा हस्तान्तरण गरेको अध्यक्ष कुमालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्