१२ श्रावण २०८१, शनिबार
Logo

म रावण हूँ

म रावण हूँ

मभित्र रावण छ

हामीभित्र रावण छ

शनै शनै रावणमय हुँदैछ समय

Shivapuri rural municipality awareness message jalapanews

हुँदैछ जयजयकार रावणपथको।

म रावण हूँ

मेरा दश भ्रामक शिरहरु

कामका, क्रोधका हुन्,

लोभका, मोहका हुन्

यी टाउकाहरु

शक्ति दुरुपयोगका हुन्

दम्भ, घमण्ड र अहंकारका हुन्

म रावण बोकेर बाँचिरहेको समय हुँ

म रावण बोकेर नाचिरहेको सत्ता हुँ।

‘ओम् मम शत्रुन विदारय विदारय विदारय

मारय मारय काटय काटय हुं फट् स्वाहा।’

हा~ हा ~~ हा~~~ हा

म रावण हुँ

म धर्मको जप गर्छु र अधर्मको साम्राज्य हाँक्छु

म सत्यको तप गर्छु र मायावी रथ हाँक्छु

म रावण हुँ

क्रोध र हठको खानी

भ्रम र कोलाहलको प्रिय

चित्कार र क्रन्दनमा अट्टहास हाँस्ने।

म असुरहरुका सुर हुँ

खलनायकहरुका नायक

अंशमा म रावण हुँ

समग्रतामा म रावण हुँ

थितिलाई बेथितिको जालोमा बाँध्नसक्ने

रीतिलाई कुरीतिले कज्याउनसक्ने

म त्यो साधना हुँ

म त्यो मन्त्र हुँ

खासमा म रावणतन्त्र हुँ।

‘ओम् क्लीं श्रीं श्रीं मम धनं देही फट् स्वाहा’

हा~ हा ~~हा ~~~हा

युग युग बाँचिरहेको

म त्यही लोभको लंका हुँ

म त्यही भयको डंका हुँ

म त्यही रावण हुँ

जहाँ न्याय ‘ओम ह्रिं क्लिं फट् स्वाहा’ हुन्छ र अन्याय जित्छ

जहाँ सत्य ‘ओम ह्रिं क्लिं फट् स्वाहा’ हुन्छ र झुठ जित्छ

इमानको साधना गरेर बेइमानको पहाड चड्ने

चरित्रको चित्र बनाएर ब्यभिचारको कुण्ड खोल्ने

सात्विकबाट तामसतिर लम्किरहेको

म त्यही रावण हुँ।

….

म त्यही रावण हुँ

सय वर्षअघि म राणा थिएँ

सत्तरी वर्षअघि प्रजातन्त्र भएँ

पचास वर्षअघि म पञ्चे थिए

पच्चिस वर्षअघि बहुदले भएँ

ब्यवस्थैपिच्छे ताण्डव नाँच्ने

म त्यही रावण हुँ

आज पनि म रावण हुँ

माक्स मेरा शिवजी हुन्

लेनिन मेरा ब्रम्हा

स्टालीन र माओ

मेरा विष्णु र इन्द्र हुन्

गणतन्त्रको यो दुईतिहाइ

मेरो अमृतघडा हो

हु हा हा हा

म रावण हुँ

‘ओम ह्रिं क्लिं फट् स्वाहा’

….

यो दशैं मेरो तिथि होइन

तिम्रा रामलाई सोध

म त्यही रावण हुँ

यत्र तत्र सर्वत्र

हु हा हा हा हा।

प्रतिक्रिया दिनुहोस्