२७ आश्विन २०८१, आईतवार
Logo

कोरोना भाइरस नियन्त्रणकोलागी क्वारेन्टीन र आइसोलेसनमा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

सामुदायिक बिकाश केन्द्र नेपाल नुवाकोटले बिभिन्न गाउपालीकाहरुमा कोभिड १९ लाई लक्षित गरि स्वाथ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
नुवाकेटमा कोभिड १९ को रोकथाम र ब्याबस्थापनमा सामुदायीक बिकाश केन्द्र नेपाल नुवाकोटले ६ वटा गाउपलिका र एक नगरपालीका भित्र रहेको स्वास्थ्य चौकी र क्वारेन्टीनहरुमा खानेपानी सरसफाई र स्वच्छता प्रबद्र्धन गर्ने उदेश्यले बिभिन्न कार्यक्रम संचालन गरिहरेको छ ।

युकेएडको आर्थिक सहयोग ,मट म्याट डोल्नाडको ब्याबस्थापनमा संचालित पुर्णिमा परियोजना अन्तर्गत केयर नेपालको साझेदारीमा ति पालीकाहरुमा सहयोग गरेको सामुदायिक बिकाश केन्द्र नेपाल नुवकोटको बताएको छ । सस्थाले खानेपानी सरसफाइृ तथा स्वस्छता प्रबद्धन अन्तर्गत नुवाकेटका सात वटा पालीकामा बिभिन्न स्वास्थ्य तथा सरसफाइको काम गरेको सस्थाका कार्यकारी निर्देशक बिष्णुराज नेपालले बताउनु भयो ।


सस्थाका निर्देशक नेपालका अनुसार १९ वटा क्वारेन्टीन सेन्टर र ४६ वटा स्वास्थ्य चौकीकमा ९६ गोडाको साहायताले चलाउने हात धुने धारा जडान गरिएको छ भने क्वारेन्टाइनमा बस्ने नागरिकरुहको लागी ब्याक्तीगत सरसफाइ र स्वच्छतामा सहयोग पुग्ने हाइजिन किट बितरण गरेको, टवाइलेट बाथरुम निर्माण गरेको गरेको छ । सस्थाले ७ वटा गाउपालीकाका स्वास्थ्य चौकी र क्वारेन्टीनमा गरि १ करोड बराबरको स्वास्थ्य सरसफाइ र ब्याक्तीगत सुरक्षाका सामाग्री हस्तान्तरण गरेको बताइएको छ ।


सस्थाले ४६ वटा कोलाइडल फिल्टर , ९ सय प्रति सेनेटरी प्याड , १७ वटा क्वारेन्टीन र २ वटा आइसोलेसनमा सौचालय सरसफाइ सामान हस्तान्तरण गरेको बताएको छ । १४ वटा सेमी पर्मानेन्ट सौचालय , ५ अस्थाई बाथरुम,२ सेट डिस्इफेन्सन किट , १० हजार सर्जिकल मास्क ,४ सय ७५ हाइजिन किट , १८ कार्टुन पंजा , ३५० पिपिइ सेट , ३ सय पिस सेनीटाइजर हस्तान्तरण गरेको सस्थाले बताएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्