चढाएको बोको,
राम चन्द्र तिम्सिना (आवाज),
कस्ले किन कुन स्वार्थमा बनायो नियम ?
कस्ले किन कुन स्वार्थमा चलायो चलन ?
दोषी ब्यवस्था होकि बिधान ?
मानवलाई देवता र जन्तुलाई भगवान !!
रिति थियो कि कु-रिति ?
बडो फसाद छ भक्तालुलाई ,
नियम नमानौं वीर पुर्खा रिसाउने,
नियम मानौं भावी पुस्ता रिसाउने !!
चुट्न पिट्न नहुने, मार्न काट्न पनि नहुने बोको ,
गाली गलौज र बिरोध गर्न नहुने मन्त्री ,
देविको प्रसाद र भगवानको आशीर्वाद …….
बडो फसाद भक्तालुलाई ,
स्यालले पनि नखाने, बाघले पनि नलाने !!
नामै काफी छ मान्यवर , `
`मन्दिरको बोको´´…र, “
बालुवाटारको मन्त्री´´…
उट्पट्याङ्गको हद पार गर्छ,
खाडिमा अलपत्र नेपाली छोड्छ ,
निगमलाई घाटा, जनतालाई पीडा बाढ्छ !!
बडो फसाद छ भक्तालुलाई ,
बेईमान गर्न जान्दैन भनेको नि मान्दैन !!
देवि रिसाए एउटा बिध्न ,
बोको रिसाए अर्को बिध्न ,
मन्त्री रिसाए झन अर्को बिध्न ,
बडो फसाद भक्तालुलाई ,
छोरी चेली भन्दैन, नियम कानुन मान्दैन !!
आफै ठुस्स गनाएर बस्छ
, बाहिर सुगन्ध सुंघ्दै हिड्छ ,
मन्दिरको खादैन, बिदेश डुल्न छोड्दैन ,
बडो फसाद छ भक्तालुलाई ,
मारौं धर्म नासिने ,नमारौं नियम मासिने !!
डर लाग्छ कतै ,
गति छाडा बोको र गति छाडा मन्त्रीले गर्दा,
आस्था प्रती बितृस्णा जाग्ने पो होकि,
मेरो भन्नू यत्ती छ मान्यवर …..
चढाएको बोको भित्र भगवान ,
बनाएको मन्त्री भित्र मानवता सवार होस !!
सारा नेपालीको जयजय र कल्याण होस !!
प्रतिक्रिया दिनुहोस्